HomeFeatureकोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 2 लाख 40 हजार नाघ्यो, 34 लाख...

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 2 लाख 40 हजार नाघ्यो, 34 लाख 22 हजार बढी संक्रमित

काठमाण्डौँ, 2 मे 2020

कोरोना भाइरसबाट विश्वभरीमा अहिलेसम्म 2 लाख 40 हजार 337 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 34 लाख 22 हजार 480 पुगेको छ भने, 10 लाख 93 हजार 158 जना उपचारपछि ठिक भएका छन्।

कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 65 हजार 783 जनाको ज्यान गएको छ भने, संक्रमितको संख्या 11 लाख 32 हजार 038 पुगेको छ। अमेरिकापछि इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। त्यहाँ अहिलेसम्म 28 हजार 236 जनाको ज्यान गएको छ भने, 2 लाख 7 हजार 428 जनामा संक्रमणको पुष्टि भएको छ। यूकेमा अहिलेसम्म 27 हजार 510 जनाको ज्यान गएको छ, भने 1 लाख 77 हजार 454 जना संक्रमित भएका छन्।  त्यसैगरी स्पेनमा अहिलेसम्म 25 हजार 100 जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 2 लाख 45 हजार 567 पुगेको छ। त्यसैगरी फ्रान्समा अहिलेसम्म 24 हजार 594 जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 67 हजार 346 पुगेको छ।

चीनमा कोरोना संक्रमितहरूको संख्या 82 हजार 875 पुगेको छ। 4 हजार 633 जनाले ज्यान गुमाएका छन्, भने अहिलेसम्म 77 हजार 685 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। 557 जनाको उपचार चलिरहेको छ।

भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रति दिन बढिरहेको छ। भारतमा अहिलेसम्म 37 हजार 336 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 1 हजार 223 पुगेको छ। 10 हजार 7 जना उपचारपछि सञ्चो भएका छन्।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या 59 पुगेको छ। त्यसैगरी अहिलेसम्म 16 जना उपचारपछि पूर्ण रूपमा स्वस्थ्य भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...