काठमाण्डौँ, 3 मे 2020
कोरोना भाइरस (कोभिड-19) संक्रमणको जोखिम कम गर्न जारी भएको लकडाउनको आज 41 दिन पुगेको छ। गत चैत 11 गतेबाट सुरु भएको लकडाउन 41 दिनसम्म आइपुग्दा लकडाउनको पूर्ण पालना भएको पाइएको छ। यद्यपी केही स्थानमा भने यसको उल्लङ्घन पनि भएको छ। विभिन्न ठाउँमा प्रहरीले चेकजाँचमा कडाई गरेपनि तरकारी बजार र मुख्य बजार भन्दा भित्री क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको पाइएको छैन्। तरकारी र अन्य दैनिक उपभोग्य सामान किनमेल हुने ठाउँहरुमा सामाजिक दुरी पालना नभएको पाइएको छ।
अत्यावश्यक र पासबाहक सवारीहरुको भिड पनि पछिल्लो दिनमा बढेको छ। चेकजाँचमा कडाई भएकाले पनि सवारीहरुको लामो लाइन देख्न सकिन्छ। प्रहरीले अनावश्यक रुपमा गुड्ने र पास नलिएका सवारीलाई नियन्त्रणमा लिने गरेको छ। लकडाउनल 25 बैशाखसम्म घोषणा गरिएको छ।









































