नयाँ दिल्ली डेस्क, 3 मे 2020
वैश्विक महामारी कोरोना भाइरसबाट अहिलेसम्म 2 लाख 45 हजार 243 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 35 लाख 7 हजार 557 पुगेको छ भने, 10 लाख 30 हजार 122 जना उपचारपछि ठिक भएका छन्।
कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 67 हजार 494 जनाको ज्यान गएको छ भने, संक्रमितको संख्या 11 लाख 62 हजार 164 पुगेको छ। अमेरिकापछि इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। त्यहाँ अहिलेसम्म 28 हजार 710 जनाको ज्यान गएको छ भने, 2 लाख 9 हजार 328 जनामा संक्रमणको पुष्टि भएको छ। यूकेमा अहिलेसम्म 28 हजार 131 जनाको ज्यान गएको छ, भने 1 लाख 82 हजार 260 जना संक्रमित भएका छन्। त्यसैगरी स्पेनमा अहिलेसम्म 25 हजार 100 जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 2 लाख 45 हजार 567 पुगेको छ। त्यसैगरी फ्रान्समा अहिलेसम्म 24 हजार 760 जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 68 हजार 396 पुगेको छ।
चीनमा कोरोना संक्रमितहरूको संख्या 82 हजार 877 पुगेको छ। 4 हजार 633 जनाले ज्यान गुमाएका छन्, भने अहिलेसम्म 77 हजार 713 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। 531 जनाको उपचार चलिरहेको छ।
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रतिदिन बढिरहेको छ। भारतमा अहिलेसम्म 40 हजार 263 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 1 हजार 323 पुगेको छ। 10 हजार 886 जना उपचारपछि सञ्चो भएका छन्।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या बढेर 69 पुगेको छ। नेपालमा आज एकैपटक थप 10 जनामा संक्रमण पाइएको छ। त्यसैगरी अहिलेसम्म 16 जना उपचारपछि पूर्ण रूपमा स्वस्थ्य भएर घर फर्किएका छन्।









































