HomeFeatureपछिल्लो 24 घण्टामा 1 हजार 382 जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएन

पछिल्लो 24 घण्टामा 1 हजार 382 जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएन

काठमाण्डौँ, 4 मे 2020

नेपालमा सबैभन्दा बढी प्रदेश नम्बर 1 कोरोना संक्रमणबाट प्रभावित भएको छ। कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन्। कुल संक्रमितको संख्या 75 पुग्दा प्रदेश नम्बर 1 मा मात्रै 31 जनामा संक्रमण दखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो। यसैगरी प्रदेश नम्बर 5 मा 17 र प्रदेश नम्बर 2 मा 13 जनामा संक्रमण देखिएको छ। यस्तै बागमती प्रदेशमा 7 र सुदूरपश्चिममा 5 जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो। संक्रमित 75 मध्ये 58 पुरुष र 16 जना महिला रहेका छन्। जसमा 16 जना उपचारपछि निको भएर घर फर्किएका छन् भने 59 जनाको विभिन्न अस्पतलमा उपचार भइरहेको छ। उनीहरु सबैको अवस्था सामान्य रहेको प्रवक्ता डा. देवकोटाले बताउनुभयो।

अहिले 1 सय 6 जना संकास्पद विरामी आइसोलेसनमा उपचाररत रहेका छन्। उपत्यकामा 1 र उपत्यका बाहिर 1 सय 5 जना उपचाररत रहेका छन्। देशभरी 21 हजार 5 सय 23 क्वारेन्टाइनमा रहेका छन्। आजसम्म पीसीआर विधिबाट 13 हजार 6 सय 40 जना नमुना परीक्षण भएको छ। आरडीटी विधिबाट 50 हजार 8 सय 45 जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो। पछिल्लो 24 घण्टामा 1 हजार 3 सय 82 जनाको परीक्षण भएको छ। प्रदेश नम्बर 1 मा 5 हजार 8 सय 37, प्रदेश नम्बर 2 मा 5 हजार 7 सय 36 र बागमती प्रदेशमा 8 हजार 6 सय 10 जनाको आरडीटी परीक्षण भएको छ। यस्तैगरी गण्डकी प्रदेशमा 5 हजार 8 सय 82, प्रदेश नम्बर 5 मा 4 हजार 8 सय 31, कर्णाली प्रदेशमा 8 हजार 1 सय 13 र सुदूरपश्चिम प्रदेशमा 14 हजार 1 सय 36 जनाको आरडीटी परीक्षण भएको प्रवक्त देवकोटाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...