नयाँ दिल्ली डेस्क, 4 मे 2020
वैश्विक महामारी कोरोना भाइरसबाट अहिलेसम्म 2 लाख 48 हजार 789 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 35 लाख 86 हजार 271 पुगेको छ भने, 11 लाख 62 हजार 300 जना उपचारपछि ठिक भएका छन्।
कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 68 हजार 609 जनाको ज्यान गएको छ भने, संक्रमितको संख्या 11 लाख 89 हजार 24 पुगेको छ। अमेरिकापछि इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। त्यहाँ अहिलेसम्म 28 हजार 884 जनाको ज्यान गएको छ भने, 2 लाख 10 हजार 717 जनामा संक्रमणको पुष्टि भएको छ। ब्रिटेनमा अहिलेसम्म 28 हजार 446 जनाको ज्यान गएको छ, भने 1 लाख 86 हजार 599 जना संक्रमित भएका छन्। त्यसैगरी स्पेनमा अहिलेसम्म 25 हजार 264 जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 2 लाख 47 हजार 122 पुगेको छ। त्यसैगरी फ्रान्समा अहिलेसम्म 24 हजार 895 जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 68 हजार 693 पुगेको छ।
चीनमा कोरोना संक्रमितहरूको संख्या 82 हजार 880 पुगेको छ। 4 हजार 633 जनाले ज्यान गुमाएका छन्, भने अहिलेसम्म 77 हजार 766 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। 481 जनाको उपचार चलिरहेको छ।
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रतिदिन बढिरहेको छ। भारतमा अहिलेसम्म 42 हजार 836 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 1 हजार 395 पुगेको छ। 11 हजार 782 जना उपचारपछि सञ्चो भएका छन्।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या बढेर 75 पुगेको छ। त्यसैगरी अहिलेसम्म 16 जना उपचारपछि पूर्ण रूपमा स्वस्थ्य भएर घर फर्किएका छन्। 59 जनाको उपचार चलिरहेको छ।









































