नयाँ दिल्ली डेस्क, 7 मे 2020
भारतले विदेशमा फसेका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन आजदेखि “वंदे भारत मिशन” सुरु गर्दैछ। एयर इन्डियाले 12 देशहरूमा फसेका 1 लाख 93 हजार भारतीयहरूलाई फिर्ता ल्याउने छ।
“वंदे भारत मिशन” अनुसार आज आबुुुधाबीबाट 175 भारतीयहरूलाई फिर्ता ल्याईदै छ। यसको साथै दुबईबाट कोझिकोड पनि एउटा विमान आउने छ, जसमार्फत पनि 175 भारतीय नागरिक भारत आउनेछन्। खाडी मुलुकबाट भारत फर्किने नागरिकले 15 हजार भाडा तिर्नुपर्नेछ।
अमेरिकाबाट भारतीयहरूको उद्धार कार्य 9 मे देखि सुरु हुनेछ। यसको लागि अमेरिकाको विभिन्न शहरहरूबाट भारतका कैयौँ शहरमा व्यापारिक विमान सेवा सुरु हुनेछ। वाशिंगटनस्थित भारतीय दूतावासद्वारा दिईएको जानकारी अनुसार पहले चरणमा एयर इन्डियाले 9 मे देखि 15 मे सम्म अमेरिकाको कैयौँ शहरबाट भारतको लागि “नन-शेड्यूल कमर्शियल फ्लाइट” सेवा सुरु गर्नेछ। भारत आउने यात्रीहरूले आफ्नो भाडा आफै दिनुपर्नेछ। भारत पुगेपश्चात उनिहरूको स्वास्थ्या जाँच पनि हुनेछ।
कोरोना महामारीका कारण विदेशमा फसेका भारतीयहरूलाई स्वदेश फर्काउन मोदी सरकारले “वंदे भारत मिशन” सुरु गरेको छ। 7 मे अर्थात् आजदेखि 7 दिन सम्म 12 देशमा फसेका लगभग 1 लाख 93 हजार भारतीयहरूलाई एयर इन्डियाको विशेष उडान मार्फत स्वदेश फर्काईने छ।
“वंदे भारत मिशन” मातहत अमेरिका, ब्रिटेन, बांग्लादेश, मलेशिया, फिलीपिंस, सिंगापुर, यूएई, सऊदी अरब, कतर, बहराईन, कुवैत र ओमानमा फसेका भारतीयलाई फिर्ता ल्याईने छ। खाडी मुलुकबाट भारतीयहरूलाई फर्काउन भारतले नौसेनाको सहयता लिन सक्नेछ।