काठमाण्डौँ, 7 मे 2020
पछिल्लो 24 घण्टामा साढे 14 सय कोरोना भाइरसको नमुना परीक्षण हुँदा नयाँ संक्रमण देखिएको छैन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत 24 घण्टामा 1 हजार 4 सय 51 वटा परीक्षण भएपनि नयाँ संक्रमण नदेखिएको हो। अहिले नेपालमा संक्रमितको संख्या 99 जना रहेको छ। जसमा 71 पुरुष र 28 महिला रहेका छन्। यसअघि बुधबार पर्साको वीरगञ्जमा 2 महिने बालक सहित 17 जनामा संक्रमण देखिएको थियो। अहिले प्रदेश नम्बर 1 मा 31, प्रदेश नम्बर 2 मा 30 बागमती 7 गण्डकी प्रदेशमा 2 प्रदेश नम्बर 5 मा 24 सुदूरपश्चिम प्रदेशमा 5 जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो।
अहिलेसम्म पीसीआर विधिबाट 14 हजार 5 सय 9 वाटा परीक्षण भएका छन्। यस्तै 54 हजार 93 जनाको आरडीटी परीक्षण भएको छ। पछिल्लो 24 घण्टामा 1 हजार 4 सय 51 वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो।
प्रदेश नम्बर 1 मा 6 हजार 5 सय 59, प्रदेश नम्बर 2 मा 5 हजार 3 सय 48 र बागमती प्रदेशमा 9 हजार 44 जनाको आरडीटी परीक्षण भएको छ। यस्तै गण्डकी प्रदेशमा मा 6 हजार 3 सय 49, प्रदेश नम्बर 5 मा 5 हजार 7 सय 13, कर्णाली प्रदेशमा 6 हजार 6 सय 8 र सुदूरपश्चिम प्रदेशमा 14 हजार 4 सय 72 को आरडीटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो। अहिले देशभरी 17 हजार 3 सय 72 जना क्वारेन्टिनमा रहेका छन्। उपत्यकामा 3 र बाहिर 1 सय 30 गरी 1 सय 33 जना सम्भावित संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्।









































