HomeFeatureकालेबुङको लिङ्सेमा सञ्जीवनी स्वास्थ्य सेवा

कालेबुङको लिङ्सेमा सञ्जीवनी स्वास्थ्य सेवा

कालेबुङ 9 मई (शान्ति ठटाल)

अहिलेको घड़ीमा जीटीएले खुबै प्रशन्सनीय कार्य गरिरहेको छ । जीटीए प्रशासनले चलाएको थुप्रै प्रकल्पहरू मध्ये सञ्जीवनी स्वास्थ्य सेवा पनि । यो प्रकल्पमा रोगीहरूलाई स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य सेवा टोली पहाड़का कुना काप्चामा पनि पुग्ने गर्दछ । यसै क्रममा कालेबुङ जिल्लाको 38 नम्बर समष्टि अन्तर्गत लिङ्गसे ग्राम पञ्चायत क्षेत्रमा शुक्रबार स्वास्थ्य सेवा टोलीले त्यहाँका पुगेर धेरै रोगीहरूलाई सेवा पुराएको छ ।

संसार भरि नै चलिरहेको कोरोना भाइरस संक्रमणलाई कालेबुङ र दार्जीलिङ पहाडमा भित्रिन नदिन गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनले हर सम्भव प्रयास गरिरहेको छ । वर्तमान देशब्यापी चलिरहेको लकडाउन अवधि गाउँ-बस्ती, कमान, सिन्कोना बगान र सुदुर ग्रामीण क्षेत्रका मानिसहरुलाई हुनसक्ने रोग उपचार गराउनहेतु जिटिएले सञ्जीवनी स्वास्थ्य सेवा शुरु गरेको हो । यो सञ्जीवनी स्वास्थ्य सेवा कालेबुङ जिल्लाको 38 नम्बर समष्टि अन्तर्गत लिङ्गसे ग्राम पञ्चायत क्षेत्रमा सम्पन्न भएको छ । यस सेवा अन्तर्गत विभिन्न रोगीहरु का विशेषज्ञहरुलाई लिएर लिङ्गसे ग्राम पञ्चायत क्षेत्रका सयौं रोगीहरुलाई स्वास्थ्य जाँच साथै उपचारहरु उपलव्ध गराइएको छ । यस कार्यक्रममा नोड्ल अफिसर एसके सिंह कालेबुङ खण्ड २ का स्वास्थ्य अधिकारीहरु डा. नवीन जोति प्रधान अनि डा. प्रदिप्तो अध्याइ साथै अन्य स्वास्थ्य कर्मीहरु लगायत सञ्जीवनी स्वास्थ्य सेवा कालेबुङ जिल्लाका संयोजक बिनय घिसिङ अनि पंकज छेत्रीको विशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...