काठमाण्डौँ, 9 मे 2020
भारत सरकारले नेपाली भूमि लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ। भारत सरकारको उक्त कदमविरुद्ध प्रदर्शन गर्न माइतीघर पुगेको युवाहरुको समूहलाई प्रहरीले पक्राउ गरेको छ। नाराबाजी गर्दै माइतिघर पुगेका युवाहरुलाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको हो। उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ, भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो भन्दै नाराबाजी’ गरेका थिए। यस्तै भारतीय दुतावास अगाडी प्रदर्शनका लागि पुगेका विद्यार्थीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ। लैनचौरमा रहेको दुतावास अगाडी प्ले-कार्ड सहित प्रदर्शन गर्न पुगेका सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठनका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो।









































