HomeFeatureलकडाउनको 52 औँ दिन पूरा, आजदेखि पुनः कडाई, जनजीवन प्रभावित

लकडाउनको 52 औँ दिन पूरा, आजदेखि पुनः कडाई, जनजीवन प्रभावित

काठमाण्डौँ, 14 मई 2020

सरकारले लकडाउनलाई आजदेखि पुनः कडाइका साथ लागू गरेको छ। लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो। उपत्यकामा टाइमकार्ड लागू गरी कर्मचारीहरुको सवारी साधन सञ्चालन गर्न दिएको थियो। लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढेको छ। कोरोना भाइरस संक्रमण फैलने सम्भावना उच्च भएपछि बिहीबारदेखि पुनः लकडाउनलाई कडाईका साथ लागू गरेको छ। जसका कारण फेरी जनजीवन प्रभावित भएको छ।

बिहीबार उपत्यकाका सडकमा पुग्दा सुरक्षाकर्मीहरुले सवारी चेकजाँचलाई कडाई गरेको देखिन्छ। सडकमा मानिसहरुको आवागमन पनि न्यून देखिएको छ। अत्यावस्यक सेवाका साधनहरु, उपभोग्य वस्तुका साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिको सवारी साधनलाई चेकजाँच गरी प्रहरीले छाड्ने गरेको छ। सवारी पास नभएका सवारी साधनलाई भने नियन्त्रणमा लिएको छ।

उपत्यकाका भित्रि सडकहरुमा अत्यावस्यक उपभोग्य खाद्य पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरेको देखिन्छ। यस्तै कतिपय भित्रि सडकहरुमा स्थानीयहरुले बाटो बन्द गरेका छन्। अनावस्यक सवारी सधनको आवागमन भित्रि सडकबाट हुन थालेपछि स्थानीयले बाटो छेकबार गरी बन्द गरिदिएका छन्। यस्तै अपरिचित व्यक्तिलाई प्रवेश निशेध लेखिएका ब्यानरहरु बाटोमा राखिएको देखिन्छ।

गत चैत 11 गते देखि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउनको आज 52 औँ दिन हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सम्म 2 सय 45 जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ। जसमध्ये 35 जना निको भएका छन भने 2 सय 45 जना आइसोलेसनमा रहेका छन्। अहिलेसम्म 21 हजार 3 सय 66 पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने 60 हजार 3 सय 19 जनाको आरडीटी परीक्षण भएको छ। अहिले देशभर 14 हजार 3 सय 13 जना क्वारेन्टाइनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...