नयाँ दिल्ली डेस्क, 14 मई 2020
अफगानिस्तानको पाक्तीया प्रान्तको राजधानी शहर गार्डेजमा एक अपरिचित व्यक्तिको अन्धाधुन्ध गोली प्रहारबाट पाँच जनाको ज्यान गएको छ। पाक्तीया प्रहरी मुख्यालयका प्रमुख लुटफुल्लाह कमरानले उक्त गोलीकाण्डबाट मारिनेहरुमा एक जना प्रहरी अधिकृत सहित अन्य चार जना सर्वसाधारण रहेको जानकारी दिनुभयो।
कमरानका अनुसार उक्त गोलीकाण्ड बुधबार अपराह्न भएको थियो। कुनै पनि समूहले उक्त घटनाको जिम्मेवारी लिएका छैनन्।









































