काठमाण्डौँ, 14 मई 2020
बिहीबारदेखि शेयर कारोबार फेरी बन्द भएको छ। नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले पुनः शेयर कारोबार बन्द गरेको हो। एक्सचेन्जले सूचना जारी गरेर लकडाउन अवधिभर (जेठ 5 गते सम्म) पुनः शेयर कारोबार बन्द गर्ने जानकारी दिएको छ। सरकारले विभिन्न 42 प्रकारका उद्योगहरु सञ्चालन गर्न दिने निर्णय गरेसँगै नेप्सेले मंगलबार देखि दिनको दुई घण्टाका लागि बढीमा 2 प्रतिशत सम्म उतारचढाव हुने गरी कारोबार खुल्ला गरेको थियो। मंगलबार र बुधबार कारोबार भयो। कारोबार भएका दुबै दिन नेप्से नकारात्मक सर्किट लागेर र्निधारीत समय अघि नै बन्द भएको थियो। सरकारले फेरी बिहीबार (आज) देखि लकडाउनमा कडाई गरेसँगै नेप्सेले पनि लगानीकर्ताको स्वास्थ्यलाई ध्यान दिई कारोबार बन्द गरेको हो। दुई दिन बजार सञ्चालन गर्दा एक तिहाई कर्मचारीबाट कारोबार सञ्चालन गर्न भनिएको थियो। तर ब्रोकर कार्यालयमा भिडभाड बढेको र सरकारले पनि लकडाउनलाई कडाई गरेपछि बोर्डले कारोबार बन्र्द गर्न निर्देशन दिएको हो। दई दिन सम्म कारोबार हुँदा नेप्से करिब 50 अंकले घटेर 1 हजार 2 सय 1 अंकमा बन्द भएको छ।









































