HomeFeatureस्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

काठमाण्डौँ, 14 मई 2020

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथासिघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो। पिसिआर पिपिइ, मास्क, धरमल गर्न लगायतका उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथासिघ्र गर्न समितिले सरकारलाई सुझाव दिएको हो। समितिले आइसोलेसन बेड, भेन्टीलेटरहरुको थप व्यवस्था गर्नुपर्ने र अन्य विरामीहरुले खानुपर्ने औषधिमा कुनै अभाव हुन नदिने कुरामा जोड दिन पनि निर्देशन दिएको सभापति जयपुरी घर्तीले बताउनुभयो। सर्वसाधारणहरुलाई सर्वसुलभ रुपमा मास्क र सेनिटाइजरको व्यवस्था मिलाउने पनि समितिले निर्देशन दिएको छ।

परीक्षणको दायरा तिव्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्इ सामग्रीको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ। समितिले विदेशमा रहेका नागरिकर्लाइ नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाउन र विदेशमै बस्न चाहानेलाई  सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन र तयारी गर्न पनि निर्देशन दिएको छ। यस्तै लकडाउनका कारण अलपत्र परेका मजदुर, विद्यार्थी र नागरिकहरुको सहित तथ्याङ्क संकलन गरी राहतको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ।

क्वारेन्टाइनमा सामान्य उपचार, स्वास्थ्यकर्मी, बास, कपास र एम्बुलेन्सको व्यवस्था गर्न तथा सीमा क्षेत्रमा अलपत्र नागरिकलाई तीन वटै तहका सरकारसँग समन्वय गरी सुरक्षित रुपमा आफ्नो घर फर्किने व्यवस्था मिलाउन पनि निर्देशन दिउको छ। कोरोनाको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रीत गर्न पनि समितिले निर्देशन दिएको सभापति घर्तीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...