HomeFeatureअर्थतन्त्र सुधारका लागि समस्टिगत अध्ययन गरेर राहतको प्याकेज ल्याउन अर्थविद्हरूको सुझाव

अर्थतन्त्र सुधारका लागि समस्टिगत अध्ययन गरेर राहतको प्याकेज ल्याउन अर्थविद्हरूको सुझाव

काठमाण्डौँ, 14 मई 2020

लकडाउनका कारण अर्थतन्त्रमा परेको असरको समस्टिगत अध्ययन गरी राहतको प्याकेज ल्याउन अर्थविद्हरुले सुझाव दिएका छन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभाव र आगामी बजेटको प्राथमिकता लगायतका विषयमा आयोजना गरेको छलफलमा सहभागी भएका अर्थविद्हरुले सरकारले अझैपनि अर्थतन्त्रमा परेको असरको अध्ययन गर्न नसकेको बताएका हुन्। अर्थतन्त्रको सुधारका लागि समस्टिगत अध्ययन नगरी राहतको व्यवस्था गर्दा उचित वितरण नहुने भएकाले सबैभन्दा पहिला अध्ययन हुनु आवश्यक रहेको अर्थविद्हरुले बताएका हुन्। पर्यटन क्षेत्र सबैभन्दा लामो समय सम्म प्रभावित हुने, उद्योग बन्द हुने, उत्पादन घट्ने, बजारमा माग घट्ने लगायतका समस्याले अर्थतन्त्रलाई कमजोर बनाउने भएकाले सरकारले समस्टिगत अध्ययन गरी बजेटका प्राथमिकता तयार गर्नुपर्नेमा उनीहरुले सुझाव दिएका हुन्।

अर्थविद डा. चन्द्रमणि अधिकारीले हिजोको दिनमा रहेको रोजगारीको संख्या र लकडाउन पछि गुम्ने रोजगारीको अध्ययन हुनुपर्ने बताउनुभयो। मानिसको स्वास्थ्य, र रोजगारी जोगाउनका लागि सरकारले उचित कदम चाल्न सके सबैभन्दा ठूलो राहत हुने अर्थविद् अधिकारीले बताउनुभयो। उहाँले लकडाउनका कारण उठनै नसक्ने क्षेत्रमा राहत दिन नहुने समेत बताउनुभयो। विश्वभर लकडाउन भएको र खर्च गर्ने क्षमता सबैको कम भएको अवस्थामा पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याउन नहुने अधिकारीले बताउनुभयो।

अर्थविद् डा. गोविन्द नेपालले होटल र पर्यटन क्षेत्रमा सबैभन्दा लामो समय र सबैभन्दा धेरै असर पार्ने भएकाले यस क्षेत्रमा गुम्ने राजगारीको व्यवस्थापन चुनौतिपूर्ण भएको बताउनुभयो। यस्तै निजी क्षेत्रबाट व्यवसायिक पिडाबाट राखेका सबै मागहरुलाई सम्बोधन गर्न र अर्थतन्त्रलाई सुचारु गर्नका लागि समस्टिगत अध्ययन हुनुपर्ने बताउनुभयो। यस्तै सरकारका तीन वटै निकायमा समन्वय गरी सहलगानीको अवधारणाबाट काम गर्नुपर्ने बताउनुभयो। उहाँले कोभिड-19 को नियन्त्रण र अर्थतन्त्रलाई चलायमान गराउन श्रोतको बाँडफाँडको फर्मुला नै परिवर्तन गर्नुपर्ने बताउनुभयो।

अर्थविद डा. विश्वम्बर प्याकुरेलले वित्तीय र मौद्रिक नीतिलाई समन्वय गरेर लैजान सके मुद्रास्फीति नियन्त्रण गर्न सकिने बताउनुभयो। उत्पादन घट्ने, उद्योग बन्द हुने, पर्यटन क्षेत्र ठप्प हुँदा गिरावट आएको अर्थतन्त्रलाई ‘भि सेप’को रिकभरी दिन सरकारले प्याकेजहरु ल्याउनुपर्ने उहाँले बताउनुभयो। तर अहिलेकै स्थितिमा अर्थतन्त्रको ‘भि सेप’ रिकभरी हुने ठाउँ नरहेको अर्थविद प्याकुरेलले बताउनुभयो। यस्तै वैदेशिक रोजगारी समेत ठप्प हुँदा रेमिट्यान्स घट्न गई वैदेशिक मुद्राको समस्या बढ्ने अर्थविद प्याकुरेलले बताउनुभयो। यस्तो अवस्थामा डलरको मूल्य बढ्न गई नेपाली रुपैयाँ कमजोर हुने र आयातमा आधारीत नेपालको अर्थतन्त्रमा ब्यालेन्स अफ पेमेन्ट डेफिसिट हुने र मुद्रास्फीति बढ्ने बताउनुभयो।

अर्थविद् डा. डिल्लीराज खनालले लकडाउनका कारण श्रम बजारमा उत्पन्न भएको समस्यालाई समाधान नगरे सामाजिक द्धन्द्ध उत्पन्न हुने बताउनुभयो। उहाँले लकडाउनले 40/45 लाख मानिसहरु बेरोजगार भएको अवस्थामा अर्थतन्त्रमा गम्भिर असर पर्ने र त्यसका लागि सरकारले नीति तथा कार्यक्रम र बजेट मार्फत राहत ल्याउनुपर्ने बताउनुभयो। उहाँले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिई अर्थतन्त्रलाई चलायमान बनाउन ध्यान दिनुपर्ने बताउनुभयो।

अर्थविद् शंकर शर्माले स्वास्थ्य, राहत र रोजगारीमा केन्द्रीत भएर सरकारका कार्यक्रमहरु आउनुपर्ने बताउनुभयो। उहाँले सबैभन्दा धेरै रोजगारी साना तथा घरेलु उद्योगमा गुम्ने भएकाले त्यस क्षेत्रमा श्रम गर्नेहरुको व्यवस्थापन उचित ढंगले गर्नुपर्ने बताउनुभयो। उद्योग बन्द हुने, उत्पादन घट्ने र माग समेत घट्ने हुँदा रोजगारी कटौति हुने र अर्थतन्त्रमा ठूलो क्षति हुने बताउनुभयो। यस्तै धान उत्पादनका लागि मल र बीउ उपलब्ध गराउन सके अर्थतन्त्रका लागि सबैभन्दा ठूलो राहत हुने उहाँले बताउनुभयो।

अर्थविद्हरुले लकडाउनका कारण गुम्ने रोजगारीलाई कम गर्न सके अर्थतन्त्र जोगाउन सकिने बताएका छन्। आयातित अर्थतन्त्रलाई उत्पादनमुखि अर्थतन्त्रमा रुपमान्तरण गर्न लकडाउन अवसर हुन सक्नेमा समेत अर्थविदहरुले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...