HomeFeatureसरकारसँग जनताको दुख-पीडा बुझ्न सक्ने हृदय छैनः देउवा

सरकारसँग जनताको दुख-पीडा बुझ्न सक्ने हृदय छैनः देउवा

काठमाण्डौँ, 17 मई 2020

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड-19 ले पुऱ्याएको क्षति र भविष्यमा पार्न सक्ने असरको आकलन गर्न नसकेको आरोप लगाएको छ। प्रतिनिधिसभाको आईतबारको बैठकमा आर्थिक वर्ष 2077/78 का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले कोरोनाले पुऱ्याएको क्षतिको “ज्ञान” नै नभएको टिप्पणी गर्नुभएको हो। उहाँले सरकार जनताको दुखप्रति संवदेनशील नभएको तथा उनिहरुको पीडा बुझ्न सक्ने हृदय नै नभएको दावी गर्नुभयो।

उहाँले भन्नुभयो सरकारलाई कोभिड-19 ले गरेको र गर्न सक्ने क्षतिबारे ज्ञानै छैन। सरकारलाई जनताको दुखप्रति कुनै संवेदना छैन। जनताको पीडा बुझ्न सक्ने कुनै हृदय छैन। सरकारसंग यो अप्ठ्यारो बेलामा भविष्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन।

उहाँले महामारीको समयमा जनताले सरकार भएको अनुभूति गर्न नसकेको तथा महामारीको नियन्त्रणको तयारी गर्न सरकार पुर्ण रुपमा चुकेको दावी गर्नुभयो।

उहाँले भन्नुभयो एक वर्षे नीति तथा कार्यक्रम उद्देश्यबाट बरालिएर बहुवर्षिय योजनाको कोरा कल्पना देखिन्छ। एक वर्षको नीति तथा कार्यक्रममा 10 वर्षको योजना जस्तो देखिन्छ। यो नीति तथा कार्यक्रम जनतामा आशा जगाउन पुर्ण असफल भएको छ। यो सरकार महामारी नियन्त्रण गर्न व्यापक तयारी गर्न पुर्णरुपले चुकेको छ।

नेपालमा पहिलो संक्रमित व्यक्ति भेटिएको 4 महिना पुग्दै गर्दा, लकडाउनको पनि 55 दिन पुग्दै गर्दा परीक्षण बढाउन नसकिएको, स्वास्थ्य उपकरण लगायतका आवश्यक सामाग्रीको उपलब्धताको प्रत्याभुति नहुनु, अस्पतालमा भ्यान्टीलेटर लगायतका आवश्यक उपकरण नहुनु, कोरोना प्रभावितबाट मर्कामा परेकालाई उचित राहतको व्यवस्था नुहुनु, सिमा बाहिर रहेका नेपालीहरुलाई सुरक्षित घरमा पुऱ्याउने कुनै योजना नभएकाले जनताले सरकार भएको अनुभति गर्न नसकेको तर्क उहाँले गर्नुभयो। “लक डाउनको यो अवधिमा सरकारले के तयारी गर्यो?”  भनी उहाँले प्रश्न गर्नुभयो।

उहाँले स्वास्थ्य सामाग्रीको प्रबन्ध गर्न, पीसीआर परीक्षणको दायरा बढाउन, मर्कामा परेकालाई राहत दिन र विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काएर क्वारेन्टाईनमा व्यवस्थित रुपले राखेर घर पुऱ्याउने व्यवस्था मिलाउन माग गर्नुभयो। उहाँले खाडी मुलुकलगायत विभिन्न मुलुकमा रहेका नेपालीलाई व्यवस्थित रुपमा स्वदेश फर्काई सरकारको  कर्तव्य पुरा गर्न पनि उहाँले आग्रह गर्नुभयो।

उहाँले कोरोनाले पार्ने नकारात्मक प्रभावको अल्पकालिन र दीर्घकालिन समाधानका उचि उपाय खोजी गर्न र बहुआयामिक प्रभाव सम्बोधन तर्फ गम्भीर बन्न सरकारलाई सुझाउनुभयो।

उहाँले भन्नुभयो, अहिलेको महामारीले पार्ने बहुआयामिक प्रभावबारे नीति तथा कार्यक्रमले बोल्न सकेको छैन र नेपाली समाजमा कोरोनाले पार्ने नकारात्मक प्रभावको अल्पकालिन र दीर्घकालिन समाधानका उचित उपायको खोजी गर्न सकेको छैन। म सरकारलाई बजेट बनाउदा यी सबै विषयमा गम्भीरतापूर्वक ध्यान दिएर निर्माण गर्न सुझाव दिन्छु।

अत्यावश्य सामाग्री औषधी समेतमा भ्रष्टाचार गरिएको भने प्रश्न उठ्दा छानविन गर्नुको सट्टा प्रधानमन्त्री आफैले भ्रष्टाचारजन्य घटनाको बचाउ गर्दै उन्मुक्ति दिने जस्ता घटनाले शुसासन र सदाचारको विषयमा सरकार पुर्ण रुपमा असफल भएको पुष्टि हुन्छ।

नीति तथा कार्यक्रममा सरकारले आफ्नो प्रसंशा गरेको, निकै काम गरेको दाबी गरिएको भन्दै उहाँले प्रधानमन्त्रीले दुई बर्षका नीति तथा कार्यक्रम पुन एकपटक पढ्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। दुई वर्षको नीति तथा कार्यक्रममा उल्लेखित गरिएका योजना पुरा नभएको तथा कतिपय योजना दोहोर्याईएको भन्दै उहाँले वर्तमान सरकारले समस्यालाई ठिक संगले हेर्न नसकेको दाबी गर्नुभयो। महामारी संगै सरकारले अबलम्बन गरेको लकडाउने उत्पन्न गराएको समस्याको समाधान तर्फ सरकारको नीति तथा कार्यक्रम उन्मुख नभएको टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो पुराना योजना पनि दोहोऱ्याउने र महामारी नियन्त्रणका लागि पनि खर्च गर्ने हो भने ती सबैका लागि स्रोत कहाँबाट आउछ?”

उहाँले कृषि तथा पशुपालन, मत्स्यपालन व्यवसाय लगायतमा परेको असरलाई सम्बोधन गर्ने, उद्योगीलाई राहत दिने, रोजगारी श्रृजना गर्ने तथा स्रोत परिचालन लगायतका विषयलाई सरकारले प्राथमिकतामा राख्न नसकेको बताउनुभयो।  सरकारसंग निर्यात बढाउने विश्वसनिय र नया योजना नभएको भन्दै उहाँले सरकारले संचालन गरेका रोजगारका योजनाहरुको गुणस्तर र स्रोत परिचालनको तरिकामा गम्भीर प्रश्न उठेको बताउनुभयो। सबै भन्दा बढी राहत आवश्यक रहेको पर्यटन क्षेत्रलाई पुराना सामान्य किसिमका विषयको पुनराबृत्ति बाहेक कुनै नविन सोच र योजना नभएको पनि उहाँले उल्लेख गर्नुभयो।

प्रधानमन्त्रीले सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई मुलुकमा अस्थिरता फैलाएको आरोप लगाउनु दुखद एवं प्रेसको स्वतन्त्र भूमिकालाई कुण्ठित गर्ने नियत देखिएको उहाँले उल्लेख गर्नुभयो।

सिमाबारे

उहाँले नेपाली भूमि अतिक्रमण खास गरि लिम्पियाधुरा, लिपुलेक र कालापानी बारे नीति तथा कार्यक्रममा उल्लेख भएको विषय सकारात्मक घए पनि अपुर्ण भएको टिप्पणी गर्नुभयो। उहाँले दुई छिमेकी मुलुकबीच भएको सहमतिको नेपाली कांग्रेसले तात्कालिन समयमा नै विरोध गरेको र भारतलाई प्रोटेस्ट नोट पठाएको स्मरण गर्दे उहाँले नेपाली भूमीमा बनाईएको सडक बारे चीनसंग पनि उच्चस्तरमा सार्थक र परिणाममुखी वार्ता गरि समस्या समाधान खोज्न आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...