HomeFeatureनेपाल इन्जिनियर्स एसोसिएसनद्वारा टेकु अस्पताललाई पीपीई बुथ उपलब्ध

नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा टेकु अस्पताललाई पीपीई बुथ उपलब्ध

काठमाण्डौँ, 21 मई 2020

नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले टेकु अस्पताललाई आधुनिक स्वाब कलेक्सन पीपीई बुथ उपलब्ध गराएको छ। कोरोना भाइरस (कोभिड-19) को नमुना संकलनका लागि प्रयोग गर्न इन्जिनियर्सहरुले स्वाब कलेक्सन पीपीई बुथको निर्माण गरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई उपलब्ध गराएका हुन्। करिब 1 लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त बुथ बिहीबार नेपाल इन्जिनियर्स एसोसिएसन बागमति प्रदेशले अस्पताललाई उपलब्ध गराएको छ। आधुनिक प्रविधिको प्रयोग गरि निर्माण गरिएको उक्त बुथमा बिरामी र स्वास्थ्यकर्मी बीच संबाद गर्न माइक जडान गरिएको छ। यस्तै बुथमा हावा पास गर्नको लागि पछाडिपटिको भागमा पंखा जडान गरिएको छ। बुथ हस्तान्तरण कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशका अध्यक्ष नन्द बन्जाडेले कोभिड-19 सँग अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको जोखिम न्यूनिकरणका लागि इन्जिनियर्सहरुको समेत भूमिका होस भन्ने उद्देश्यले बुथ निर्माण गरी उपलब्ध गराइएको बताउनुभयो।

विपदको अवस्थामा स्वास्थ्यकर्मीहरुको जोखिमलाई ध्यान दिई इन्जिनियर्सहरुले गरेको सहयोगले स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाएको अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले बताउनुभयो। वैज्ञानिक रुपमा बनाइएको स्वाब कलेक्सन बुथ जस्तै अन्य स्वास्थ्य उपकरणहरुको निर्माणमा इन्जिनियर्सहरुको सहयोगको आवस्यकता रहेको उहाँले बताउनुभयो।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष प्राध्यापक डा. रत्न बज्राचार्यले कोभिड–19 को रोकथामका लागि अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीको सुरक्षाको निम्ति काम गर्न पाउँदा खुशि लागेको बताउनुभयो। नेपाल इन्जिनियर्स एसोसिएसन बागमति प्रदेशले अहिलेसम्म काठमाडौँ, रामेछाप, काभ्रेपलान्चोक, सिन्धुपलान्चोक, रसुवा, नुवाकोट, र धादिङमा गरी कुल 17 वटा स्वाब कलेक्सन बुथ निर्माण गरी सरकारी अस्पतालहरुलाई उपलब्ध गराएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...