HomeFeatureसीमामा अलपत्र परिने भन्दै यथास्थानमा सुरक्षित रहन नेजस भारतको आग्रह

सीमामा अलपत्र परिने भन्दै यथास्थानमा सुरक्षित रहन नेजस भारतको आग्रह

नयाँ दिल्ली, 22 मई 2020

नेपालीहरु सीमामै अलपत्रमा पर्नसक्ने जोखिम मोलेर नेपाल फर्किरहेका बेला नेपाली जनसम्पर्क समिति भारतले यथास्थानमा सुरक्षित रहन आग्रह गरेको छ। भारतमा चौथो लकडाउन शुरु भएपछि केही दलालहरुले नेपाल पुर्याइदिने भन्दै चर्को भाडा असुलेर सीमामा अलपत्र पार्ने काम गरिरहेको भन्दै नेजस भारतले भ्रममा नपर्न आग्रह गरेको छ। भारतमा लकडाउनपछि अलपत्र परेका नेपालीहरुलाई सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि गरिरहने बताउँदै यथास्थानमा सुरक्षित रहन भनेको हो।

पछिल्लो केही दिनमा भारतका सीमावर्ती क्षेत्रमा 2 महिना क्वारेन्टिन बसेका नेपालीहरु नगरपालिका र वडा तहमा समन्वय गरि नेपाल फर्केको जानकारी गराउँदै नेपाल फर्किन चाहने नेपालीहरुले आफ्नो नगर, गाँउपालिका र वडा प्रतिनिधिसँग समन्वय गरि यहाँ PCR परीक्षण गराई नेपालमा 14 दिनको क्वारेन्टिन बस्ने गरि जान सक्ने र नेपाल जानुअघि भारतमा आफु बसेको स्थानमा DM/SDM मार्फत सवारी पास लिएर मात्र जान सकिने बताएको छ। ठूलो संख्यामा अहिले नेपालको सीमामा नेपालीहरु जान नपाएको अवस्थामा भ्रममा परेर सीमामा पुगे संक्रमणको डरका साथै भोकै रहने स्थिति आउने नेजस भारतले ध्यानाकर्षण गराएको छ।

अहिले सीमा खोल्नेबारे नेपाल र भारत सरकारबिच कुनै आधिकारिक सहमति नभएको जानकारी गराउदै नेजस भारतले नेपालमा कोरोनाको संक्रमण बढ्दै गएकाले नेपाल सरकारले सीमामा कडाई गर्न निर्देश दिएको बेला दलालहरुको लह-लहैमा नलाग्न अपील पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...