HomeFeatureरुकुम घटनाप्रति प्रवासी नेपाली एकता मञ्चद्वारा दुःख व्यक्त, राजनीतिक दवाब बिना दोषीलाई...

रुकुम घटनाप्रति प्रवासी नेपाली एकता मञ्चद्वारा दुःख व्यक्त, राजनीतिक दवाब बिना दोषीलाई कारवाही गर्न माग

नयाँ दिल्ली, 26 मई 2020

प्रवासी नेपाली एकता मञ्चले पश्चिम रुकुमको चौरजहारीमा घटनाप्रति दुःख व्यक्त गर्दै दोषीहरुलाई कडा कारवाही गर्न माग गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रवासी नेपाली एकता मंच भारतले नेपालको कानुनले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको ५७ वर्ष भईसकेको र नेपालको संसदले २१ जेठ ०६३ मा नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा गरिसकेको अवस्थामा रुकुम, चौरजाहारी वडा नम्बर ०८ मा भएको सो घटनाप्रति दुःख व्यक्त गरेको हो ।

यही जेठ १० गते पश्चिम रुकुम, चौरजाहारी वडा नम्बर ०८ मा जाजरकोट सेती नगरपालिका वडा नम्बर ०४ का २१ बर्षीय नवराज विक १९ जनाहरु एक युवतीसँग प्रेम विवाहको प्रस्ताव लिएर जाँदा केटा पक्ष र केटी पक्षबिच झडप भएको थियो। भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीमा फेला परेको छ। उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको पनि शव फेला परेको छ। फेला परेका शवहरू पोस्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको कुरा सञ्चार माध्यमबाट जानकारी आएको भन्दै प्रवासी नेपाली एकता मञ्चले भेरी नदीमामा घटेको यस गम्भीर घटना प्रति दु:ख व्यक्त गरेको छ । मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग जोडदार माग गर्नुका साथै घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी उच्च स्तरीय छानबिन समिति गठन गर्दै निष्पक्ष छानबिन गरी घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...