HomeFeatureमूल प्रवाहको पहलमा सरकारी भाडा दर मै सीमासम्म पुर्याउने तयारी, कैयौं पुगिसके

मूल प्रवाहको पहलमा सरकारी भाडा दर मै सीमासम्म पुर्याउने तयारी, कैयौं पुगिसके

हिसार, 26 मई 2020

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसार र रोहतकको आ–आफ्नो पहलमा हरियाणाको विभिन्न स्थानहरुमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई सरकारी भाडा मै स्वदेश पुर्याउने तयारी भइरहेको जानकारी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार मूल प्रवाहको स्थानीय समितिहरुको पहलमा हरियाणा रोडवेजको माध्यमबाट सरकारी भाडा दरमा नै नेपालीहरुलाई भारत–नेपाल सीमानासम्म पुर्याउने तयारी पुरा भएको छ ।

भोली बुधबार २७ मई २०२० का दिन हिसारबाट १४६ जना स्वदेश जान लागेको हामीलाई नगर समितिका सचिव तारा सोमरेले जानकारी दिनुभएको छ । सोमरेको अनुसार १४६ जना कै सरकारी अस्पतालबाट मेडिकल परिक्षण गरि सकिएको छ । उनीहरुलाई सामाजिक दूरी कायम राख्दै ४ वटा वसमा यात्रा गराइने छ । यात्रीहरुमा अर्घाखाँची, पाल्पा, स्याङजा र प्यूठानका श्रमिकहरु रहेको सोमरेले बताउनु भयो ।

उनीहरुलाई सीमानामा आ–आफ्ना स्थानीय निकायहरुले रिसिव गर्ने र क्वारेन्टाइनमा राखिने व्यवस्था भएको समेत सोमरेले हामीलाई जानकारी दिनुभएको छ ।

रोहतक,

त्यस्तै रोहतकबाट पनि भोली बुधबार २७ मई २०२० का दिन नै सीमानासम्म हरियाणा रोडवेजको माध्यमबाट भारत–नेपाल बोर्डरसम्म नेपाली श्रमिकहरुलाई लैजाने तयारी रहेको नगर अध्यक्ष रेशम विक र नगर समितिका शुभाष गौतमले जानकारी दिनुभएको छ । “आज सांझसम्म स्वस्थ्य परिक्षण पुरा गरिने छ, भोली बस छुटाउने तयारीमा छौं” रेशम विकले भन्नु भयो । विकका अनुसार कपिलवस्तु, प्यूठान र अर्घाखाँचीका श्रमिकहरु स्वदेश जाँदै छन् । उनीहरुलाई बढ्नी बोर्डरबाट स्थानीय निकायले रिसिव गरि क्वारेन्टाइनमा राख्ने छ ।

चण्डीगढ,

त्यस्तै चण्डीगढबाट पनि भोली बुधबार २७ मई २०२० का दिन नै मूल प्रवाह नगर समितिको पहलमा ३५ जना नेपाली श्रमिकहरुलाई भारत–नेपाल बोर्डरसम्म पुर्याउने तयारी रहेको खिमराज चालिसेले हामीलाई जानकारी दिनुभएको छ । चालिसेका अनुसार उनीहरु सबै प्यूठान गौमुखी गाउँपालिका हुन् । उनीहरुलाई बढ्नी बोर्डरबाट स्थानीय निकायले रिसिव गरि क्वारेन्टाइनमा राख्ने छ ।

श्रीगंगानगर,
त्यस्तै राजस्थानको श्रीगंगानगरबाट ५ जुन २०२० का दिन राजस्थान रोडवेजका ४ बसमा करिब १६० जनालाई मूल प्रवाह नगर समिति श्रीगंगानगरको पहलमा भारत–नेपाल बोर्डरसम्म पुर्याउने तयारी रहेको त्रीभूवन भट्टराईले हामीलाई जानकारी दिनुभएको छ । भट्टराईका अनुसार उनीहरु प्यूठान र दाङ जिल्लाका बासिन्दा हुन् । उनीहरुलाई बढ्नी बोर्डरबाट स्थानीय निकायले रिसिव गरि क्वारेन्टाइनमा राख्ने छ ।
हिमाचल मण्डी,

त्यस्तै हिमाचलको मण्डीमा २ महिनादेखि लकडाउनका कारण रोजगार गुमाई अलपत्र परेका २२ जना नेपाली श्रमिकहरुलाई आज २६ मईका दिन स्वदेश पठाइएको छ । उनीहरुलाई स्वदेश पठाउन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले कागजात मिलाउने देखि लिएर प्रशासनसँग डिल गर्ने बारे सहयोग गरेको थियो । विभिन्न निकायहरुका धक्का खाँदै हिंडेका विष्णु आचार्यले हामीलाई फोन सम्पर्क गरि आवश्यक सहयोग मागेका थिए । उनीहरुलाई प्रशासनसँग डिल गर्न आवश्य पर्ने सबै कागजात समेत पुरा गराई रुपडिया बोर्डरसम्म पुग्ने बाताबरण मिलाइएको हो । उनीहरु सबै दैलेख निवासी हुन् । आफूहरुलाई रुपडिया बोर्डरबाट स्थानीय निकायले रिसिव गरि क्वारेन्टाइनमा राख्ने तयारी भएको विष्णु आचार्यले हामीलाई जानकारी दिए ।

स्मरण रहोस् यस अघि मूल प्रवाहका नगर समितिहरु राजस्थानको श्रीगंगानगर, विकानेर, मध्य प्रदेशको भोपाल, इन्दोर र हिमाचलको मनालीबाट करिब ५०० जना नेपाली श्रमिकहरुलाई सीमानासम्म पुग्नलाई पास व्यवस्थापन, स्वास्थ्य परिक्षण र यातायातको व्यवस्थाका लागि नगर समितिका कार्यकर्ताहरुले सहयोग गरिसक्नु भएको छ ।

वैश्विक रुपमा फैलिएको कोरोना संक्रमण र त्यसलाई रोकथाम गर्नका लागि लगाइएको लकडाउनका कारण रोजगारी गुमाई अलपत्र परेका नेपालीहरुका समस्यालाई नै कमाइको माध्यम बनाउँदै विभिन्न बस व्यवसायीहरुले चर्को भाडा अशुली गरिरहेका छन् । रोजगारी पनि नहुनु र वस व्यवसायीहरुको चर्को भाडादरको मारका कारण स्वदेश फर्कन समेत नसक्ने अवस्थामा पुगेका श्रमजिवी नेपालीहरुलाई सस्तो र सुलभ भाडामा स्वदेश पुग्ने बाताबरण मिलाउन मूल प्रवाहका विभिन्न नगर समितिहरुको स्वपहलमा सो कार्य गरिएको हो । मूल प्रवाहका स्थानीय कार्यकर्ताहरुको यो कार्यलाई श्रमजिवी नेपालीहरुले धन्यवाद प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...