HomeFeatureआज नेपालमा लकडाउनको ६५ दिन पुरा, जनजीवन प्रभावित भएपनि लकडाउनको पालना हुँदै

आज नेपालमा लकडाउनको ६५ दिन पुरा, जनजीवन प्रभावित भएपनि लकडाउनको पालना हुँदै

काठमाण्डौ, 27 मई 2020

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनको आज ६५ दिन पुगेको छ । सरकारले गत चैत ११ गते यता जारी गरेको लकडाउन जेठ २० गते सम्मका लागि लम्ब्याएको छ । लामो समय लकडाउन हुँदा जनजीवन प्रभावित भएपनि लकडाउनको पालना भने भएको छ । काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको आवागमन न्यून छ । अत्यावस्यक सेवाका सवारीसाधन, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायत प्रशासनबाट पास लिएकाहरुको सवारी साधन भने सञ्चालनमा आएका छन् । प्रहरीले सवारीसाधनको जाँचलाई कडाई पारेको छ । अत्यावस्यक सेवा र पास बाहेकपनि सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ । पछिल्लो समय कोरोना भाइरस संक्रमणको संख्या बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाई गरेको छ । उपत्यकाका मुख्य सडक बाहेक भित्रि सडकमा पनि लकडाउनको पालना भएको पाइएको छ । खाद्यान्न तथा तरकारीका पसलहरु बिहान र साँझको समयमा खुल्ने गरेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर खाद्य सामग्री किनमेल गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...