काठमाण्डौ, 29 मई 2020
नेपालमा कोरोना महामारीलाई रोकथाम गर्न लकडाउनमा कडाई गरिए पनि प्रहरीमा लगातार कोरोना संक्रमितको संख्या थपिँदै जान थालेको छ । कोरोना संक्रमित प्रहरीको संख्या अहिले २० पुगेको छ । बिहीबार साँझसम्म संक्रमित प्रहरीको संख्या २० पुगेको हो । प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले सप्तरीमा एक प्रहरीमा कोरोना संक्रमण देखिएको बाह्रखरीलाई जानकारी दिए । यसअघि बारामा ७, धनकुटामा २, काठमाडौंमा २, धनुषामा २, कपिलवस्तु २ बाँकेमा २ सप्तरीमा २ जनामा संक्रमण देखिएको थियो ।
संक्रमित सबै प्रहरीलाई आइसोलेसनमा राखिएको छ । फ्रन्टलाइनमा खटिने नेपाल प्रहरीमा जोखिम देखिए पनि प्राप्त स्रोत साधनको प्रयोग गरेर सावधानीपूर्वक काम गरिरहेको बताए ।









































