शान्ति ठटाल
राज्यसभा सांसद शान्ता छेत्रीले भन्नु भएको छ, अहिले पहाड़का दोकानपाट हरू खोलिएर फेरि बन्द गरिएका छन् । यो बन्द टीएमसी पार्टीले डाकेको होइन तर सरकारले डाकेको लकडाउनलाई पुर्ण: पालन गरिदिने अपिल गरिएको हो । सांसद छेत्रीले भनेकी छिन्, हामी आग्रह गर्छौं, आवश्यक वस्तुहरुका दोकान खुल्ला राखिदिनुहोस्, जसले गर्दा जनताले समस्या भोग्न नपरोस् । कालेबुङ बजार हिज बिहान खुले पनि पछि एकाएक बन्द भएको थियो । हिल तृणमुल पार्टीद्वारा ३१ जुनसम्म सरकारले डाकेको लकडाउन पालन गराउने उदेश्यले नै व्यापारीहरुलाई अपिल गरेको राज्यसभा सांसद शान्ता छेत्रीले बताइन् । छेत्रीले बताए अनुसार टीएमसी पार्टीले बन्द डाकेको होइन तर सरकारले डाकेको लकडाउनलाई पूर्ण: पालन गरिदिने अपिल गरिएको हो । आवश्यक वस्तुहरुका दोकान खुल्ला राखिदिने सांसद छेत्रीले अपिल गरेकी छिन् । अर्कोतिर कालेबुङ बजार खोल्ने विषयमा चेम्बर अफ कमर्सले लिएको निर्णयलाई विचार गर्नुपर्ने तृणमूल कंग्रेस कालेबुङ जिल्ला संयोजक सुमन गुरुङले आग्रह गरेका छन् । कोरोना महामारी फैलन नदिन सरकारले गरेको लकडाउनक निर्णयलाई सबैले पालन गर्नुपर्ने बताउँदै यस बिषयमा कसैले पनि राजनीतिक नगरिदिने अपिल गरेका छन् ।









































