Homeसमाचारतेञ्जिङ्ग नोर्गे शेर्पालाई भारत रत्नद्वारा सम्मानित गरिनुपर्छः

तेञ्जिङ्ग नोर्गे शेर्पालाई भारत रत्नद्वारा सम्मानित गरिनुपर्छः

Northeast Super News  शुक्रबार २९ मई २०२०

तेञ्जिङ्ग नोर्गे शेर्पाद्वारा सगरमाथ विजय गरेको आज 77 वर्ष पुग्यो ।  शेर्पाले सन् 1953 सालमा सगरमाथ विजय गर्नु भएको अमेट इतिहास बनेको छ ।  सगरमाथको चुचुरोमा पहिलो पटक पुग्ने मानव तेञ्जिङ्ग नोर्गे शेर्पा हुनुहुन्थ्यो  जो एडमन्ड हिलेरीको साथमा हुनुहुन्थ्यो ।  यसै सन्दर्भमा सांसद राजु विष्टले तेञ्जिङ्ग नोर्गे शेर्पालाई भारतको सर्वोच्च सम्मान भारत रत्नद्वारा सम्मानित गरिनु पर्छ भन्ने माग प्रेस विज्ञप्तिको माध्यमबाट गर्नु भएको छ । प्रस्तुत छ यो रिपोर्ट ।

दार्जीलिङ कालेबुङका सांसद राजु विष्टले भनेका छन्, हाम्रो देशको सन्दर्भमा 29 मईलाई ऐतिहासिक बनाउने व्यक्तित्व नै वीर तेञ्जिङ्ग नोर्गे शेर्पा थिए ।  त्यसरी शेर्पाले मानिसमा हुने लगनशीलता अनि दृढ़ताको परिचय दिएका थिए ।  उनको असाधारण पराक्रमको कदर गर्दै त्यही वर्ष जर्ज मेडल, स्पेशल ओलम्पिक मेडलद्वारा सम्मानित गरिएको थियो । क्रमशः 1999 मा उनलाई टाइम्स पत्रिकाले संसारका सबैभन्दा प्रभावशाली मनिसहरूमध्ये उनी एक हुन् भनी घोषणा गरेको थियो ।  भारतले उनलाई पद्मभूषणद्वारा सम्मानित गरेको छ । सर्वोच्च सम्मान भारत रत्न पाउने सबै योग्यताहरू उनीसित छन् ।  तर अहिलेसम्म त्यो दिइएको छैन । त्यसै क्रममा सांसद राजु विष्टले भनेका छन्, अब शेर्पालाई सर्वोच्च सम्मान भारत रत्नद्वारा विभूषित गरियोस् भनी म सरकारलाई विनम्र अनुरोध गर्दछु ।  यो अनुरोध सांसद राजु विष्टले एक प्रेस विज्ञप्तिको माध्यमबाट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...