HomeFeatureकोरोना सम्झेर ज्वरो आएका नेपाली विद्यार्थीको उपचार नपाउँदा मृत्यु

कोरोना सम्झेर ज्वरो आएका नेपाली विद्यार्थीको उपचार नपाउँदा मृत्यु

बेंगलोर, 29 मई 2020

स्वास्थ्य क्षेत्रमा लागेर अरुको उपचार गर्छु भन्ने व्यक्ति, आफै उपचार नपाएर मर्नु पर्दा त्यो भन्दा विडम्बना अर्को केही हुन सक्दैन । यस्तै भएको छ, भारतको कर्नाटक राज्यको बेंगलोरमा मेडीकल अध्ययन गर्न गएका एक नेपालीसँग । पुरै विश्व अहिले कोरोना महामारीले त्रसित छ । मान्छेले अर्को मान्छेलाई शायद कोरना संक्रमित पो होकी भनेर बचेर हिँडनुपर्ने अवस्था छ । तर कुनै पनि परिस्थितिमा विरामीको सेवा गर्नुलाई आफ्नो पेशागत धर्म ठान्ने चिकित्सकहरुले नै ज्वरो आँउदा उपचार गर्न नमानेपछि झापाका पवन दाहालको बेंगलोरमा निधन भएको छ ।


कोरोनाका कारण गरिएको लकडाउनका कारण पवन दाहालका आफन्तहरु पनि बेंगलोरमा आउन पाएनन । उनको अन्तिम संस्कार भने उनि अध्ययरत कलेजका प्रशासनको सहयोग र नेपाली विद्यार्थीहरुको उपस्थितिमा गरिएको छ । जानकारीका अनुसार पवन बेङ्लोरको बिथल कलेजमा मेडिकलसम्वन्धी अध्ययन गरिरहेका थिए । लकडाउनकै क्रममा उनलाई ज्वरो आएको थियो । अहिले मानिसहरुले कोरोनाले त्रसित भइरहेकाले उनले आफुलाई भएको ज्वरोलाई सामान्य रुपमा लिएर सामान्य सिटामोलको औषधि सेवन गरिरहेका थिए तर पछि ज्वरोले उनलाई सही नसक्नु भएपछि करिब 6 दिनपछि उनका साथीहरुले उनलाई अस्पताल लिएर गए तर कुनै पनि अस्पतालले उनको अवस्था हेरेर भर्नानै गर्न मानेनन । तर अन्तिममा एक सरकारी अस्पतालमा राखेर उनको परीक्षण गर्दा उनलाई डेङ्गु भएको रहेछ ।
तर अब उनको औषधी उपचार शुरु भएपनि ढिलो भइसकेको थियो । 21 मईका दिनमा उनको मृत्यु भयो । उनको परिवार झापामा रहेकाले उनको कुनै पनि सदस्यले उनलाई अन्तिम पटक पनि भेट्न पाएन । फलस्वरुप 22 मईका दिन, कलेजका अध्यक्ष, पवनका साथीहरु र केही स्थानिय नेपालीहरुको उपस्थितिमा उनको अन्तिम संस्कार गरिएको अखिल भारत नेपाली एकता मञ्चका विद्यार्थी नेता मिनेश रावलले बताउनु भएको छ । रावलका अनुसार उनको स्वास्थ्य परीक्षणमा उनलाई डेङ्गु भएको थाहा भएको छ । मान्छे कोरोना संक्रमित भएपछि पनि बाँचिरहेका छन । तर डेङ्गु भएपछि उपचारै नगर्नु स्वास्थ्य सेवामा लागेकालाई नसुहाउने बताउनु हुन्छ । यो घटनाबाट के पनि सिक्न जरुरी छ भने ज्वरो आउने बितिक्कै सबैलाई कोरोना भएकै होला भन्नु जरुरी हुँदैन । आफुलाई कुनै पनि प्रकारको समस्या हुँदा पहिलो चरणमै डाक्टरसँग परामर्श लिनेतर्फ ध्यान गर्नु उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...