HomeFeatureसरकारले जेठ 32 सम्म बढायो लकडाउन, सीमा पनि बन्द नै राख्ने निर्णय

सरकारले जेठ 32 सम्म बढायो लकडाउन, सीमा पनि बन्द नै राख्ने निर्णय

काठमाडौं, 30 मई 2020
सरकारले जारी लक डाउनको अवधि जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लक डाउन जारी राख्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताउनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लक डाउनको अवधि १२ दिन थप गरेको हो । यसअघि थपिएको समयअुनसार जेठ २० गते सम्म लक डाउन जारी गरिएको थियो । लक डाउनको मोडालिटीका विषयमा कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिइएको छ । सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु पनि तत्काल नखोल्ने निर्णय गरेको छ । अर्थ,सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहनुभएका प्रवक्त खतिवडाका अनुसार असार १६ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरिएका छन् । सीमा नाकाहरु पनि सोही अवधिसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ । सीमा क्षेत्रबाट आवत जावत बढ्दै जाँदा संक्रमणको जोखिम बढेकाले सुरक्षा व्यवस्था थप कडाई गर्ने निर्णय पनि बैठकले गरको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको गस्ती बढाउने र त्यसका लागि थप निर्णय गर्न गृहमन्त्रालयलाई निर्देशन दिइएको छ । नेपालमा कोरोना संक्रमितको संख्या १४ सय नाघेको छ । अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । शनिबार एकैदिन १ सय ८९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

शनिबार नै बसेको सुरक्षा परिषद् बैठकले सीमा क्षेत्रको विवाद र कोरोना जोखिम तथा चुनौतीका विषयमा छलफल भएको छ । अहिलेको परिस्थितिमा सुरक्षा निकायलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उहाँले बतउाुनभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...