HomeFeatureकांग्रेसले नयाँ नक्साका लागी गरिने संविधान संशोधनको पक्षमा मतदान गर्ने

कांग्रेसले नयाँ नक्साका लागी गरिने संविधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडौं, 30 मई 2020
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने भएको छ ।सानेपास्थित दलको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको हो । प्रवक्ता विश्वप्रकाश शर्माले लिम्पियाधुरालाई समेटिएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्न ल्याईएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । साथै बैठकले तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको सरकारले अघिल्लो संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्ताव पुन दर्ता गर्न संसदीय दललाई निर्देशन पनि दिएको छ ।

प्रवक्ता शर्माले भन्नुभयो “बैठकले संविधान संशोधनका लागि सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावको पक्षमा मतदान गर्नका लागि नेपाली कंग्रेसको संसदीय दललाई निर्देशन गर्ने निर्णय गरेको छ । १८१६को सुगौलिसन्धि अनुसार, लिम्पियाधुराबाट बग्ने काली अर्थात् महाकाली नदी पुर्वको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भुभाग हो । अतः ती भुभागहरुलाई समावेश गरी नेपालको नक्सा सरकारले सार्वजनिक गरेको र नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनूसूची ३ मा संशोधन गर्न संघीय संसदमा संविधान संशोधनको प्रस्ताव प्रस्तुत गरेको । त्यसैले नेपाली कांग्रेस केन्द्रीयकार्य समितिको यो बैठकले सरकारद्धारा प्रस्तुत संविधान संशोधनको प्रस्तावको पक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दललाई निर्देश गर्ने निर्णय गरेको छ । ”

नेपाली कांग्रेसले ती भूभाग नेपालको भएकाले नेपालको हक स्थापित हुनुपर्ने र त्यसकालागि चालिएका सरकारका उच्चस्तरीय कुटनीतिक पहललाई समर्थन गर्ने बताउदै आएको स्मरण गराउदै उहाँले प्रजातान्त्रिक ढंगले निर्णय गर्नका लागि मात्रै केही समय मागिएको स्पष्ट पार्नुभयो । ऐतिहासिक निर्णय गर्ने संस्थागत परिपाटीलाई निरन्तरता दिदै महत्वपुर्ण विषयको निर्णय पनि नेतृत्वले मात्रै नभई पार्टीको सिंगो कार्यसमितिले छलफलपछि साझा निर्णय गरेर सकारात्मक संदेश दिएको पनि प्रवक्ता शर्माले बताउनुभयो । उहाँले संसिवधान संशोधनमा मात्रै नभई भूभाग नेपालको हकमा लिनका लागि सरकारले आवश्यक उच्चस्तरीय कुटनीतिक पहल गर्ने छ भन्ने अपेक्षा र आशा पार्टीले गरेको बताउनुभयो ।

संविधान संशोधन सम्बन्धी सरकारले ल्याएको विधेयकमा सर्वसम्मति कायम गरेर अघि बढ्न आग्रह गर्दे प्रधानमन्त्रीले आव्हान गरेको सर्वपक्षीय छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा छलफल गर्नुपर्ने भन्दै केही समय माग गर्नुभएको थियो । कांग्रेसले समय मागेका कारण संघीय संसदमा बुधबार संविधान संशोधनको प्रस्ताव प्रस्तुत हुन सकेन ।

आईतबारको प्रतिनिधिसभाको बैठकको संभावित कार्यसूचीमा संविधान संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...