काठमाण्डौँ, 4 जून 2020
सुर्खेतस्थित जनता माध्यमिक विद्यालय विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ। पन्चपुरी नगरपालिका वडा नम्बर 1 का 19 वर्षीय युवकको बिहीबार बिहान आफ्नै घरमा मृत्यु भएको हो। उनि यही जेठ 7 गते भारतबाट आएका थिए। उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो।
पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको जानकारी दिनुभयो।









































