HomeFeatureउपचारमा असहज भएपछि नेपाल गएका एक मृगौला रोगीको कोरोना संक्रमणका कारणले मृत्यु

उपचारमा असहज भएपछि नेपाल गएका एक मृगौला रोगीको कोरोना संक्रमणका कारणले मृत्यु

नयाँ दिल्ली, 8 जुन 2020, खुम गुरुङ

दुवै मृगौलामा समस्या भएका एक नेपालीलाई दिल्लीका विभिन्न संगठनहरुले बचाउने प्रयास गरेपनि अन्ततः उनको निधन कोरोना संक्रमणका कारण भएको छ । भारतको राजधानी दिल्ली नजिक उत्तर प्रदेशको नोएडामा काम गर्दै आएका स्याङ्जा वालिङ-3 माझकोट छार्पाका 58 वर्षीय हर्कबहादुर गुरुङको मृत्यु कोरोना संक्रमणका कारण भएको पुष्टी भएको छ ।

पछिल्लो केही समयदेखि मृगौलाको समस्याले ग्रस्त हर्कबहादुरलाई लकडाउनका कारण समस्या थपिएपछि सितारियो कराते डु एशोसिएशनका कोम थापा र यम थापा, प्रवासी नेपाली जनसमाज भारत र समाजसेवी दिलबहादुर थापाले उपचारमा सहयोग गर्दै आएका थिए । यसक्रममा गुरुङ समाजले उनिहरुको खाना पिउने व्यवस्था गरिरहेका थिए । तर लकडाउनका कारण उपचारमा असहज भएपछि अखिल भारत नेपाली एकता मञ्चको नोएडा नगर समितिका नारायण बिष्टको पहलमा उनलाई गए सातामात्रै नेपाल पठाइएको थियो । हर्क बहादुर र उनकी श्रीमतिलाई वालिङ -3 का वडा अध्यक्ष सुकराज गुरुङको पहलमा गत जेठ 22 गते सुनौली नाकाबाट छुट्टै गाडीको व्यवस्था गरि वालिङ लगिएको थियो । त्यसपछि कोरोना संक्रमणका कारण उनलाई गण्डकी प्रदेश पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा भर्ना गरिएको थियो । जहाँ उनको मृत्यु भएको हो । कोरोना भाईरसका कारण ज्यान गुमाउने उनि प्रदेशमा पहिलो व्यक्ति हुन । योसँगै कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या 14 पुगेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...