HomeFeatureकोभिड-19 को रोकथाम गर्न सरकार असफल भएको काँग्रेसको निष्कर्ष, प्रधानमन्त्रीलाई ज्ञापन दिने...

कोभिड-19 को रोकथाम गर्न सरकार असफल भएको काँग्रेसको निष्कर्ष, प्रधानमन्त्रीलाई ज्ञापन दिने तयारी

काठमाण्डौ, 8 जुन 2020

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पुर्ण रुपमा असफल भएको निष्कर्ष निकालेको हो । सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै काँग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने भएको छ । पर्याप्त स्वास्थय सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टाइन नहुनु,क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको ठहर कांग्रेसले गरेको छ । आइसोलेसन सेन्टर संगै प्रयोगशालाहरुको गुणस्तर र संख्या वृद्धि नहुनु, विदेशबाट आउने मानिसहरुलाई सुरक्षित रुपमा उनीहरुको घर पुग्ने प्रबन्ध गर्न नसक्नु तथा राहत सामाग्रीको वितरण उचित र न्याय पुर्ण नहुनुलाई सरकारको कमजोरीको रुपमा कांग्रेसले चित्रण गरेको छ । केन्द्रीय सदस्य रमेश लेखकले कोभिड १९ को नियन्त्रणका निम्ति पुर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “नेपाली कांग्रेस नेपालमा कोरोना नियन्त्रणको सन्र्दभमा अहिलेको सरकार पुर्ण रुपमा असफल भएको निष्कर्षमा पुगेको छ । सरकार असफल भएको छ भन्ने निर्णय आज हामीले गरेका छौ । यसका मुलकुराहरु समयमा स्वास्थय सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक रुपमा भ्रष्टाचार भएको कुराहरु उठ्नु, अहिले लाखौ लाख मानिस क्वारेन्टाइनमा छन् तर क्वारैन्टाइन अन्त्यन्तै अव्यवस्थित छन् । क्वारेन्टाइनमा कोरोना परीक्षण गर्न किटको अभाव छ । प्रयोगशालाको गुणस्तर र संख्या वृद्धि गरिएको छैन । आइसोलेसन सेन्टरहरु उचित ढंगले व्यवस्थापन गरिएका छैनन् । अस्पतालहरुको क्षमता बढाईएको छैन । र विदेशबाट आउने मानिसहरुलाई सुरक्षित ढंगले इज्जत पुर्वक आफ्नो घर पुग्ने प्रबन्ध गरेको छैन । राहत पनि उचित र न्यायसंगत ढंगले वितरण गरिएको छैन । राहतमा पनि राजनीति गरिएको छ । अहिले जनताले देशमा  सरकार भएको अनुभुति गर्न सकेका छैनन् । अथवा सरकारले जनताको जीउ धनको सुरक्षा गर्नका निम्ति अभिभावकको भूमिका निर्वाह गर्न सकेको छैन । यो सरकार असफल भएको छ । सरकार यस्तो विषम परिस्थितमा जनतासंग जोडिन सकेको छैन । भने नेपाली कांग्रेसले यो विषयलाई गम्भीरता पुर्वक लिएरको छ । हामी जनतासंग जोडिएका छौ । हम्रा पार्टीका नेता कार्यकर्ता विदेशमा रहेका जनसम्पर्क समितिहरुले आ आफ्नो ठाउँमा क्रियाशिलता पुर्वक गर्नुपर्ने काम गरिरहेका छन् । तर सरकार  अहिले कोभिड १९ को नियन्त्रणका निम्ति पुर्ण रुपमा असफपल भएको निष्कर्ष निकाल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने निर्णय गरेको छ ।”

संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लकडाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभुति गर्न नसकेको निष्कर्ष कांग्रेसले निकालेको छ ।

कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि सरकारसंग माग गरेको छ । त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र संञ्चारकर्मी लगायत कोभिड १९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...