दार्जीलिङ, 13 जुन 2020
दार्जीलिङकी सक्रिय पत्रकार, नेशनल लाइव टीवीकी दार्जीलिङ प्रतिनिधि एंव समाजसेवी सबिता संकल्पका दाजु प्रमोद थापाको घर पहिरोले क्षतिग्रस्त भएको छ। शनिबारको बिहान आएको वर्षकै पहिलो मुसलधारे पानीले गर्दा पहिरो आँउदा दार्जीलिङको मूलडाँड़ामा रहेको प्रमोद थापाको घर बहाएको हो ।
शनिबार बिहान 9:30 बजेदेखि 10:00 बजेसम्म भएको भीषण वर्षाले घरलाई क्षति गरेको हो ।

दार्जीलिङ जिल्लाधीश कार्यालयबाट अवकाश पाएका थापाको तीन कोठे घरका दुई कोठा बहाएर घरका समानहरू क्षतिग्रस्त भएको छ । भाग्यवश परिवारका सबै सदस्यहरू भने सुरक्षित रहेको खबर प्राप्त भएको छ ।

घटनापछि मूलडाँडा क्षेत्रका सामाजसेवीहरु आएर घरको सुरक्षाको लागि आवश्यक कार्य गरेको समाचार छ। तर घटनाबारे सम्बन्धित विभागहरूमा जानकारी गराए तापनि अहिलेसम्म कोही नआएको समाचार पनि प्राप्त भएको छ।









































