देहरादुन, 13 जुन 2020
भारतका सेनाप्रमुख जनरल मनोज मुकुन्द नरवणेले नेपालसँग भारतको सम्बन्ध सधैँ बलियो रहेको र बलियो रहिरहने टिप्पणी गर्नुभएको छ ।
इण्डियन मिलिट्री एकेडमीको दिक्षान्त समारोहमा सहभागी हुन देहरादून पुग्नु भएका सेना प्रमुख नरवणेले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेपालसँग भारतको बलियो सम्बन्ध रहेको बताउनु भएको हो ।
पछिल्लो समय कालापानी, लिपुलेकमा सेनाको गतिविधि धेरै भएको भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै उहाँले भन्नुभयो ” नेपालको सम्बन्धमा हाम्रो निकै घनिष्ट सम्बन्ध छ ।”
उहाँले नेपालसँग हाम्रो भौगोलिक, ऐतिहासिक, साँस्कृतिक, धार्मिक र जन-जनबिच बलियो सम्बन्ध रहेको भन्दै नेपालसँगको सम्बन्ध सँधै बलियो रहेको र भविष्यमा पनि सँधै बलियो रहने बताउनुभयो ।
यसअघि उहाँले नेपालले अरूकै इशारामा सीमा विवाद उठाएको भन्ने अभि अभिव्यक्ति दिएका थिए ।
नेपाल कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापको अङ्ग बनाउनेसम्बन्धी संविधान संशोधन पारित गर्ने प्रक्रिया अगाडी बढिरहेका बेला भारतमा
नेपालप्रति असन्तुष्टी बढेका बेला भारतीय सेना प्रमुखको यस्तो प्रतिक्रिया आएको हो ।









































