HomeFeatureप्रधानमन्त्रीले भने सरकार परिवर्तनको खेल सुरु भएको छ, प्रधानमन्त्री बन्न हतार नगरे...

प्रधानमन्त्रीले भने सरकार परिवर्तनको खेल सुरु भएको छ, प्रधानमन्त्री बन्न हतार नगरे हुन्छ

काठमाण्डौ, 28 जुन 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा जारी भएपछि सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभएको छ । ६९ औं मदन जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेका सरकारलाई हटाउन विभिन्न खेल सुरु भएको बताउनुभयो । चीनसँगको टान्सपोर्ट सम्झौता गरेपछि आफ्नो सरकारलाई हटाइएको स्मरण गर्दै ओलीले अहिले नयाँ नक्सा जारी गरी संविधान संशोधन भएपछि पुन सरकार परिवर्तनको खेल सुरु भएको बताउनुभयो । नयाँ नक्सा जारी गरेवाफत प्रधानमन्त्रीलाई हटाउँछु भन्ने सपना नदेख्न पनि उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘पहिले यहाँहरूलाई सम्झना होला, चीनतिरबाट ट्रान्सपोर्ट, ट्रन्जिट एग्रिमेन्ट गरेपछि सरकार ढल्या थियो किनकी हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भएर नक्सा जारी भयो । यस्तो अपराध गर्ने केपी ओलीलाई । बाहिर-बाहिर भन्न नसक्ने, भित्रभित्र कुरा हो त्यो । यस्तो अपराध गर्नेलाई दिल्लीका सञ्चार माध्यम सुन्नुहोस् त्यसैले निर्देश गर्छ कहाँ के भइरहेको छ । यहाँका होटलमा भइरहेका गतिविधिहरुले बताएको छ । दूतावासको सक्रियता यसले पनि बताएको छ । तर नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भनेर कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यति कमजोर छैन । यो नसोचे पनि हुन्छ । त्यसकारण यो भ्रम हो । कोसिस गर्नेलाई गर्न दिउँ ।’ तर हिजोको जस्तो होइन कसैले हतारो नगरेपनि हुन्छ र कसैले विभिन्न आग्रह नपाले पनि हुन्छ ।’’

प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको प्रयास जति भएपनि हिजोको जस्तै आजको भोली परिवर्तन हुनै नसक्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री बन्न हतार नगर्न पनि आग्रह गर्नुभयो । पार्टी भित्रै चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो धारणा आएको हो ।

प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभएपछि अहिले नेपालको पक्षमा बोल्ने हिम्मत भएको व्यक्ति नभएकाले आफ्नो आवश्यकता रहेको आशय उहाँले व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन् । तर यति बेला म हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैलाई आउने छैन् । किनभने भोलीपल्ट वर्खास्त हुन्छ । त्यसैले आजका लागि होइन भोलीका लागि । आफ्ना लागि देशका लागि ।  र हाम्रो पार्टी हाम्रो संसदीय दल यस्ता बहकाउनमा लाग्नेवाल पनि छैन् र नबुझ्ने अञ्जान खेलमा सामेल हुने पनि छैन् ।’’

ओलीले आफ्नो पार्टी र संसदीय दल कसैको बहकाउमा नलाग्ने समेत बताउनुभयो । प्रधानमन्त्री ओलीले भुलचुकले नेपालको गुमेको भूमि समेतको नक्सा नछापिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘धेरैले प्वाइन्ट अफ नो रिटर्न । नक्सा छाप्ने कुरा । संविधान संशोधन गर्ने कुरा प्वाइन्ट अफ नो रिटर्न हो । मैले पनि प्वाइन्ट अफ नो रिटर्न नै गरेको हो । किनकी यो अभियानबाट हामी फिर्ता हुँदैनौँ । त्यहाँ प्वाइन्ट अफ नो रिटर्न राख्ने कुनै कुरा थिएन । यसकै लागि नक्सा सार्वजकि गरिएको हो भन्ने गरेको छन । भूमि चाहियो प्वाइन्ट अफ नो रिटर्न । प्वाइन्ट अफ नो रिटर्न नै छैन् ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताउनुभयो । राष्ट्रपतिले १६ करोडको गाडी चढेको भन्दै हुने आलोचनालाई संकेत गर्दै ओलीले मदन भण्डारीकी धर्मपत्नीलाई साइकल चलाउन नआउने बताउनुभएको हो ।

आफै महंगा गाडी चढ्नेहरुले राष्ट्रपतिको आलोचना गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘स्विडेनको राजा साइकलमा हिँड्छन् । उनी सौखका लागि हिड्छन् । उनी के गाडी नभएर साइकलमा हिँडेका हुन् ? स्कर्टिङ हुँदैन ? त्यो कुरा होइन । स्कर्टिङ पनि हुन्छ, गाडी पनि हुन्छ । दरबार नजिकैको रेलवे स्टेसनमा साइकल लिएर जान्छन् यो सौखको कुरा हो ।’’

प्रधानमन्त्री ओलीले आफु शासन गर्न नभएर देशको सेवा गर्न जन्मिएको बताउनुभयो । कतिपयले आफुले लगाउने जुत्ताको समेत आलोचना गर्ने गरेको उल्लेख गर्दै उहाँले शासक हुन नभएर आफु देशको सेवाका लागि जन्मिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...