HomeFeatureप्रधानमन्त्रीको सरकार ढाल्ने बयानमाथिनै केन्द्रीत रह्यो नेकपा स्थायी समिति बैठक, एमाले दल...

प्रधानमन्त्रीको सरकार ढाल्ने बयानमाथिनै केन्द्रीत रह्यो नेकपा स्थायी समिति बैठक, एमाले दल दर्ताबारे पनि छलफल

काठमाण्डौ, 30 जुन 2020

मदन जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण नेकपाको स्थायी समिति बैठक निर्धारित कार्यसूचीमा प्रवेश छलफल नगरी सकिएको छ । सरकार हटाउन भारत लागिपरेको र पार्टीकै नेताहरुको संलग्नता रहेको भन्दै ओलीले अभिव्यक्ति दिएपछि मंगलबार स्थायी समिति सोही विषयमा केन्द्रीत भएको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमालेको नाममा दल दर्ताका लागि परेको निवेदनको विषयमा छलफल भएको बताउनुभयो । बैठकमा आज सीमा समस्या सम्बन्धि छलफल सकाएर कोभिड—१९ को विषयमा कार्यसूची रहेपनि छलफल हुन नसकेको उहाँले बताउनुभयो । ‘‘सीमा समस्या सम्बन्धि बोल्न बाँकी सदस्यहरुले बोल्ने र कोभिड—१९ को विषयमा छलफल गर्ने समझदारी बनेको थियो । तर यो विचमा अन्य विषयमा पनि पार्टीमा छलफल गर्नुपर्ने आवश्यकता महशुस गरेर स्थायी समितिले मदन जयन्तीका अवसरमा प्रधानमन्त्रीले सरकार हटाउन खोजेको, भारतसँग सम्बन्धि विषय र पार्टीका नेताहरुको संलग्नताको पनि चर्चा भएको सन्दर्भमा स्पष्ट हुनुपर्ने भएकाले छलफल आवश्यक रहेको थियो ।’’, उहाँले भन्नुभयो, ‘‘अर्को विषय २ दिन अगाडी निर्वाचन आयोगमा नेकपा एमाले नाम गरेको पार्टी दर्ताका लागि आवेदन परेको कुराको सन्दर्भमा पार्टीको कुनै नेता कार्यकर्ताको संलग्नता छ छैन भन्ने विषयमा स्पष्ट हुन छलफल भयो ।’’’

बैठकमा प्रधानमन्त्री ओलीले आफुले दिएको अभिव्यक्तिका विषयमा प्रष्ट पार्नुभएको उहाँले बताउनुभयो । दल दर्ताको विषयमा प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै श्रेष्ठले भन्नुभयो, ‘म यहि पार्टीको अध्यक्ष भएकाले मेरो पार्टी यहि हो ।’ मंगलबारको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव कुमार नेपाल, नारायणकाजी श्रेष्ठ र भीम रावल लगायत १८ जना नेताहरुले आफ्नो धारणा राखेका थिए । अर्को बैठक बुधबारका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...