HomeFeatureदिल्लीमा 21 जना नेपाली कोरोनाले संक्रमित, 7 जना निको भए, 2 जनाको...

दिल्लीमा 21 जना नेपाली कोरोनाले संक्रमित, 7 जना निको भए, 2 जनाको मृत्यु

नयाँ दिल्ली, 6 जुलाई 2020

भारतको राजधानी दिल्लीमा 21 जना नेपालीहरु कोभिड-19 ले संक्रमित भएका छन । नेपालका विभिन्न स्थानबाट आएर रोजगारी गरिरहेका नेपालीहरु कोरोना भाईरसले संक्रमित भएका हुन । संक्रमित मध्ये 7 जना नेपालीहरु उपचारपछि सञ्चो भएर काममा फर्किसकेको दिल्लीको एम्स अस्पतालका डाक्टर सागर पौडेलले नेशनल लाईभलाई बताउनु भएको छ । नेशनल लाईभको विशेष संवाद कार्यक्रममा उहाँले भन्नुभयो “भारतमा वृहत स्तरमा कोभिड-19 फैलिरहेको अवस्थामा ठूलो संख्यामा नेपालीहरु पनि संक्रमित भएका होलान । कयौं नेपालीहरु हाम्रो सम्पर्कमा नआएका होलान । “

उहाँले 21 जना नेपालीहरु आफ्नो सम्पर्कमा आएको र त्यस मध्ये आफ्नो परामर्शमा 7 जना नेपालीहरु सञ्चो भएको र उनिहरु काममा पनि फर्किसकेको बताउनु भयो । अहिले 15 जना नेपालीहरु अझै कोरोना भाईरसका कारण संक्रमित भएको र उनिहरुमा खाशै लक्षण नभएको पनि उहाँले बताउनुभयो । विभिन्न माध्यमबाट कोरोना संक्रमितहरु सम्पर्कमा आउने गरेको र उनिहरुलाई उपचारसम्बन्धि परामर्शहरु दिइरहेको पनि बताउनुभयो ।

उहाँले नेपाल भारतमा कोरोना महामारीको वर्तमान स्थितिलाई हेर्दा डराउनुपर्ने आवश्यक्ता नभएको पनि बताउनुभएको छ । उहाँले प्रतिरक्षा प्रणाली राम्रो भएका मानिसहरु कोरोना भाईरस संक्रमणलाई जित्न सक्ने भएकाले भीडभाड भएका स्थानमा मास्कको प्रयोग, सामाजिक दूरीको पालना गर्दा यसबाट बच्न सकिने बताउनु भयो । उहाँले दीर्घ रोगीहरुले भने अहिलेको समयमा विशेष ख्याल राख्नुपर्ने सल्लाह पनि दिनुभएको छ । उहाँले पहिलेदेखिनै स्वास्थ्य समस्या भएकाहरुले भीडभाडबाट बच्नुपर्ने, सामाजिक दूरीको ख्याल गरि मास्क, सेनिटाइजरको प्रयोग गर्नुपर्ने बताउनु भएको छ ।

कोरोना भाईरसका कारण भारतमा 5 जना नेपालीको मृत्यु भइसकेको छ । त्यसमध्ये 2 जना चेन्नईमा, एक जना मुम्बईमा, एक जना दिल्लीको पहाडगँज र एकजना गुरुग्राममा नेपालीको मृत्यु भएको जानकारी पाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...