HomeFeatureप्रतिपक्षी दलहरुको नाराबाजीकै बीच सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित

प्रतिपक्षी दलहरुको नाराबाजीकै बीच सुदूरपश्चिम प्रदेशसभामा बजेट पारित

कैलाली, 8 जुलाई, हिम शाह

प्रतिपक्षी दलहरुको विरोधका बीच सुदूरपश्चिम प्रदेशसभाले आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पारित गरेको छ। बुधबार दिउँसो ३ बजे बसेको प्रदेशसभाको छैठौं अधिवेशनको २५ औं बैठकबाट प्रदेश सरकारले असार १ गते ल्याएको ३३ अर्ब ३८ करोड रुपैयाँ बजेट पारित गरेको हो। कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण उदासिन देखिएको भन्दै प्रदेश सभामा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले असार १० गतेदेखि सदनमा अवरोध जारी राखेपछि संसद बैठक बारम्बार स्थगित हुँदै आएको थियो। बुधबार सभामुख अर्जुनबहादुर थापाले नाराबाजीका बीच पनि संसदको कारबाही अघि बढाउनु भएको थियो।

सभामुख थापाले आर्थिक वर्ष २०७७/७८ को राजस्व र व्ययको अनुमान बजेटसँग सम्बन्धित प्रदेश सरकारको अर्थसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न बनेको विधेयक र सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्न बनेको विधेयकमाथिको बाँकी छलफल प्रारम्भ गर्नुभयो।

विधेयकमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री झपट बहादुर बोहराले प्रदेशका जनताको मनभावना समेटेर, कोरोनासँग सम्बन्धित कुनै पनि विषय ओझेलमा नपारी स्वास्थ्यका लागि पर्याप्त बजेट छुट्याएको बताउनुभयो।

उहाँले कर कटौती गरी जनतालाई राहत दिएको, कृषि र पर्यटनमा लाग्ने प्रदेश सरकारको कर आगामी आर्थिक वर्षका लागि मिनाहा गरेको बताउनुभयो। बजेटमा आर्थिक प्रोत्साहनका लागि एक अर्बको पुनर्कजाको कोष खडा गरेको बोहराले बताउनुभयो। मन्त्री बोहराले प्रदेश सरकारको आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आय, वित्तीय पहुँचको स्थिति, आयतलाई प्रतिस्थापन र निर्यातलाई प्रोत्साहन हुने गरी बजेट ल्याएको दाबी गर्नुभएको थियो।

उहाँले बजेट प्रदेशको विकासका सवालमा कोशेढुंगा सावित हुने दाबी गर्दै सुझाव र प्रतिक्रिया दिने सबैलाई धन्यवाद दिनुभयो।

प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरूको नाराबाजीकैबीच प्रस्तुत विधेयकमाथिको कारबाही प्रारम्भ भएको बताएका थिए।

प्रतिपक्षी दलहरूले कोरोना महामारीको प्रभावकारी नियन्त्रण र रोकथामका लागि प्रदेशमा पिसीआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन तथा आइसोलेसनलाई व्यवस्थित गर्नुपर्ने, संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने तथा जनतालाई सुरक्षाको प्रत्याभूति दिनुपर्ने माग राख्दै आएका छन ।

प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...