HomeFeatureनाका खुलेपछि पेन्सन थाप्न गएका बैतडीका एक नेपालीको झुलाघाटमा मृत्यु

नाका खुलेपछि पेन्सन थाप्न गएका बैतडीका एक नेपालीको झुलाघाटमा मृत्यु

बैतडी, 8 जुलाई, हिम शाह

करिब 3 महिनापछि बुधबार खुलेको बैतडीको झुलाघाटबाट पेन्सन लिन भारत पुगेका एक नेपालीको मृत्यु भएको छ । करिब 3 महिनापछि सीमा खुलेकै दिन पेन्सन थाप्न पुगेका बैतडीको दशरथचन्द नगरपालिका–८ त्रिपुराका ८२ वर्षीय धनसिंह रावलको मृत्यु भएको हो ।

पेन्सन लिन भारतको झुलाघाटको बैङ्कका लाइनमा बसेकै बेला एक्कासि ढलेका रावलको उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बैतडीका प्रहरी नायब निरीक्षक गौरीप्रसाद जैशीले जानकारी दिनुभएको छ।

जैशीका अनुसार मृतक रावल लामो समयदेखि दम र श्वासप्रश्वासका रोगी रहेको बुझिएको छ। कोरोना भएर पो मृत्यु भएको होईन भन्ने प्रश्नमा जैशीले मृतकको कोरोना परीक्षण भएपछि मात्रै थाहा लाग्ने बताउनुभएको छ । मृतक रावल भारतीय सेनाबाट सेवानिवृत्त रहेका थिए।

बुधबार नेपाल–भारत दुबै देशका जिल्ला प्रशासनको समन्वयमा झुलाघाट नाका खुला गर्ने सहमति भएपछि रावलसहित भारतीय पेन्सनधारी नेपाली नागरिकहरु झुलाघाट पुगेका थिए । सीमा नाका बुधबारदेखि शुक्रबारसम्म खुला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...