सिन्धुपाल्चोक, 9 जुलाई
सिन्धुपाल्चोकको भोटेकोशीमा आएको बाढीका कारण 2 जनाको मृत्यु भएको छ भने 18 जना बेपत्ता रहेका छन । बाह्रबिसे नगरपालिका–५ जम्बुमा पर्ने एल्मो ठाडो खोलामा आएको बाढीले १४ घर बगाएको छ भने २ को शव फेला परेको छ । बाढीका कारण खोला वरपरका मानिसहरुको जनजीवन प्रभावित भएको छ ।
जम्बु घर भएका निकेश बस्नेत र खोला आसपासका मानिसको जनजीवन प्रभावित भएको छ । खोला आसपासका मानिसको जनजीवन प्रभावित भएको छ । वर्षीया छोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । ३ जना घाइतेलाई भने उद्दार गरिएको छ । स्थानीयवासीहरुका अनुसार १४ घर खोलाले बगाएको छ भने १८ जना बेपता भएका छन् । जलेटार ब्यारेकमुनिको सडक खोलाले बगाएपछि त्यहाँ माथिको भौतिक सम्पर्क टुटेको छ । जम्बुलगायत तातोपानी क्षेत्र जानका लागि मानेश्वाराको बाटो हुँदै जानुपर्ने हुन्छ । यताबाट जान नसकिने हुँदा उता के भएको छ भन्ने एकिन विवरण प्राप्त भएको छैन् ।

खोलाले बाह्रबिसेमा दुई टहरा बगाएको छ । यसैबीच प्रहरीका अनुसार ड्यामसाइडको भितोसहित बगाएको हुँदा त्यहाँ माथि जान सक्ने अवस्था छैन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलपाल्चोकका अनुसार जम्बु र भोटेकोशी गाउँपालिकाको बञ्जी जम्प भएको नजिकै रहेको दुई स्थानमा मानवीय क्षति भएको तर ठाउँठाउँमा बाटोमा क्षति भएको कारण प्रहरीलाई सो स्थानमा पुग्न कठिनाइ भइरहेको छ । क्षतिको यकिन विवरण आइनसकेको प्रहरीको भनाइ छ ।









































