HomeFeatureपुणेको बुहारी कुटेको घटनामा अब केटी पक्षको आक्रमण, केटीकै पति आईसीयुमा

पुणेको बुहारी कुटेको घटनामा अब केटी पक्षको आक्रमण, केटीकै पति आईसीयुमा

पुणे, 10 जुलाई 2020

भारतको महाराष्ट्र राज्यमा चोरीको आरोप लगाउँदै बुहारीलाई कुटेको घटनामा नयाँ मोड आएको छ । केटी पक्ष र केटा पक्षबिच हिजो विवादलाई सुल्झाउनका लागि समझदारी भएको छ । जानकारीका अनुसार कानूनी कारवाही नगर्ने शर्तमा केटी पक्षलाई केटा पक्षले डेढ लाख रुपैयाँ बुझाएपछि केटी पक्षले केटा पक्षमाथि कुटपिट गरेको छ । कुटपिटका कारण केटीका पति दिनेश कामी गम्भीर घाइते भएका छन ।

महाराष्ट्र राज्यको पुणेस्थित सेवाजी नगर, प्रभात रोडमा बस्ने अछाम जिल्लाको मंगलसेन वडा नम्बर 3 का स्थायी बासिन्दा कालु कामीले आफ्नी 15 वर्षकी बुहारीलाई केही दिनअघि कुटपिट गरेको भिडीयो भाईरल भएको थियो ।

15 वर्षकी बुहारीलाई मरणासन्न कुटपिट गरेको घटनाको भिडीयो उनकै श्रीमानले बनाइरहेका थिए।

समाजिक सञ्जालमा घटनाको विरोध गरि कानूनी कारवाहीको माग गरिएको थियो । त्यसको विरोध गर्दै केटीका दाई सर्जन जनालाले कानूनी कारवाही गर्ने बताएपछि कालुसिंह कामीले उनिहरुलाई क्षतिपूर्तिका रुपमा पैसाँ दिने भन्दै कानूनी कारवाही नगर्न भनेका थिए ।

नेशनल लाईभसँग कुरा गर्दै कालूसिंह कामीले हिजो सोही विषयमा सहमति गर्न केटीका दाईहरुलाई बोलाएको र डेढ लाख रुपैँया दिने र बुहारीलाई नराख्ने कागज गरेपछि उनिहरुले आफुलाई र छोरालाई कुटपिट गरेको बताएका छन । हामीले डेढ लाख रुपैयाँ उनिहरुलाई बुझाउने बित्तिक्कै आफुहरुलाई आक्रमण गरेको उनले भने ।

उनिहरुको आक्रमणका कारण केटीका पति दिनेश कामी बढि घाइते भएका छन । उनको पुणेको एक अस्पतालमा उपचार चलिरहेको छ । कालुसिंह कामीले अहिले छोरा आसीयुमा रहेको र स्थिति चिन्ताजनक रहेको बताएका छन । आज दिनेशलाई होस आएपनि खाना भने खान नसकेको बुवा कालुसिंह कामीले बताएका छन ।

एर्को तर्फ हामीले केटीका दाईलाई कयौं पटक सम्पर्क गर्न खोज्दा उनले फोननो उठाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...