HomeFeatureकोभिड १९ ले नेपालको कुल गार्हस्थ उत्पादननमा करिब १ खर्ब ६८ अर्बले...

कोभिड १९ ले नेपालको कुल गार्हस्थ उत्पादननमा करिब १ खर्ब ६८ अर्बले क्षति

काठमाण्डौ, 13 जुलाई

नेपाल राष्ट्र बैंकले कोभिड १९ का कारण नेपालको कुल गार्हस्थ उत्पादननमा करिब १ खर्ब ६८ अर्बले क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिको सोमबारको बैठकमा आगामी मौद्रिक नीतिको तयारीको सम्बन्धमा जानकारी दिन उपस्थित हुनुभएका गभर्नर महाप्रसाद अधिकारीले देशको कुला गार्हस्थ उत्पादनमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको बताउनुभयो । कोभिड १९ का कारण होटल, रेस्टुरेन्ट, यातयात, निर्माण र व्यपाार क्षेत्रमा सबैभन्दा बढी असर परेको गभर्नर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘कोभिड १९ का कारण अर्थतन्त्र प्रभावित भएको छ । तर यो आर्थिक वर्षमा प्रचलित मुल्यको कुल गार्हस्थ उत्पादन करिब १ सय ६८ अर्बले क्षति भएको प्रारम्भिक अनुमान छ । लकडाउन अझै लम्बिदा यो अनुमान अझै बेसी हुन सक्छ । कोभिड १९ बाट सिर्जित समस्याले खासगरी होटल, रेस्टुरेन्ट, यातायात, निर्माण र व्यापार क्षेत्रको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी क्षति भएको देखिन्छ । ’

कोभिड १९ को कारण बैंकिङ क्षेत्रको निक्षेप संकलन तथा कर्जा प्रवाहमा परिवर्तन भएको समेत गभर्नर अधिकारीले बताउनुभयो । उहाँले २०७६ चैत देखि २०७७ जेठ सम्म बैंकको निक्षेप बढेको तर कर्जा बढ्न नसकेको बताउनुभयो । बैंक तथा वित्तीय संस्थामा निक्षेप १ खर्ब ७२ अर्बले र कर्जा १६ अर्बले मात्र बढेको गभर्नर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो ‘कोभिड १९ कारण बैंकिङ क्षेत्रको निक्षेप संकलन तथा कर्जा प्रवाह तिब्र प्रभावित भएको छ । निक्षेप तिर संकलन बढेर गएको छ सामान्य भन्दा बेसी नै । २०७६ चैत देखि २०७७ जेठ सम्म तीन महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप १ सय ७२ अर्बले र कर्जा प्रवाह १६ अर्बले वृद्धि भएको देखिन्छ । कर्जा असार १ गते पछि अलिकति बढिराखेको छ । बिचमा कर्जा लगभग बन्दै भयो कर्जा गएन् ।’

उहाँले नेपाल राष्ट्र बैंकले अनलाइन सर्वेक्षण मार्फत कोभिड १९ बाट सिर्जित समस्याको विश्लेषण गरिएको बताउनुभयो । गभर्नर अधिकारीले सर्वेक्षणबाट प्राप्त भएका नतिजाको विश्लेषण गर्दा कतिपय व्यवसाय सामान्य अवस्थामा फर्कन करिब १ वर्ष लाग्ने देखिएको बताउनुभयो । आगामी वर्षको मौद्रिक नीति तर्जुमा गर्दा सर्वेक्षणको निष्कर्षलाई समेत प्राथमिकता दिइएको अधिकारीले बताउनुभयो । उहाँले विद्युतिय भुक्तानीको बढ्दो प्रयोगले बन्दाबन्दीको अवस्थामा पनि वित्तीय कारोबार सहज बनेको बताउनुभयो ।

 गभर्नर अधिकारीले कोभिड १९ संकटले सिर्जना गरेको अनिश्चितताका बीच यस वर्ष मौद्रिक नीति तर्जुमा भइरहेकाले संकटबाट प्रभावित क्षेत्रहरुलाई प्राथमिकताका आधारमा सहुलियत प्रदान गरी बचाई राख्ने र शीघ्र आर्थिक पुनरुत्थानको लागि वित्तीय साधनको उपलब्धता बढाउने दिशामा मौद्रिक नीति केन्द्रीत रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...