HomeFeature२०६ औं भानु जयन्ती - हाम्रो स्वाभिमान ट्रस्ट भारत

२०६ औं भानु जयन्ती – हाम्रो स्वाभिमान ट्रस्ट भारत

नयाँ दिल्ली, 13 जुलाई, आरबी खडका

नेपाली भाषाका आदिकवि भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो ! बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाई छ । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए :।

” पहाड्को अति बेस देश् तनहुंमा श्रीकृष्ण ब्राहृमण् थिया ।

खुप् उच्चा कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया

विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया ।

इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया । “

नेपाली भाषाका आदिकवि  नेपाली साहित्यका प्राथमिक(प्रथम) कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् ।

उनले प्रश्नोत्तर , भक्तमाला , वधूशिक्षा लगायतका कृतिहरू लेखेका छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए!  भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन् । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे ।नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले नेपालको राष्ट्रिय विभूति जस्तो सम्मान पाएका हुन् ।

भानु जन्म जयन्ती यही आषाढ २९ गते आज विश्वभर छरिएर रहेका नेपाली भाषीहरुले २०६ औं भानुजयन्ति मनाईरहेका छन् । भानु जयन्तिकै अवसर पारेर भारतमा परम पुज्यनीय स्वामी श्रद्धेय बालकृष्ण आर्चाय आयुर्वेद केन्द्र पतंजलि योगपीठका अध्यक्षको मार्गदर्शन आशिर्वादले निर्देशनमा  ”  हाम्रो स्वाभिमान  ट्रस्ट भारतले २०६ औं भानु जयन्ती आदिकविलाई सम्मान गर्दै राष्ट्रीय कविता वाचन प्रतियोगिता  कार्यक्रम २०२० भानुभक्तको कृतित्व र व्यक्तित्वका आयामलाई समेटेर विभिन्न कार्यक्रम आयोजना बिगत देखि गर्दै आएको छ ।

विज्ञान प्रविधिको युगमा अनलाइन डिजिटल मार्फत भारतको नयाँ दिल्लीमा कार्यक्रमका अध्यक्ष नारायण श्रेष्ठ, कार्य्रकम संयोजक योगगुरु शिवलाल ज्ञवाली सह-संयोजक राहुल कुँवर, रतन मल्ल तेजराम न्यौपाने, कार्य्रकममा स्वागत मन्तब्य हाम्रो स्वाभिमान ट्रस्टका महामन्त्री अधिवक्ता प्रेम क्षेत्रीले राख्नु भएको थियो । महिला नेतृत्व अनिता क्षेत्री, श्रीमति अन्जु मल्लको पनि सहभागिता रहेको थियो । भारतका बिभिन्न राज्यका मुख्य ब्यक्तित्वले नेतृत्व गर्दै नारायण खतिवाडा, महिला नेतृ शान्ति विश्वकर्मा असम, पत्रकार रुबेन गुरुंग GTA ,  सूरज पाण्डे र नागार्जुन अधिकारी- बनारस , श्रीमती मन्जु कार्की उत्तराखण्ड, नेतृत्व श्याम बोहरा, सीपी गिरी उत्तर प्रदेश, सिक्किम लगायत भारतका राज्यबाट साना साना बाल बालिका सहित २० बर्ष सम्मका बाल बालिकाले राष्ट्रीय कविता वाचन प्रतियोगिता भाग लिएका थिए । कार्य्रकम बिशेष अथितिहरू Norbu Tshering, DSP(Retd.) सिलीगुड़ी, प्रोफ़ेसर हरी प्रसाद अधिकारी-बनारस, आरबी खड्का युवा समाजसेवी नयाँ दिल्ली,  दुर्गा प्रसाद सुबेदी काठमाण्डौ, , बिष्णु गुरुङ, पत्रकार, समाजसेवी भारत,  महिला नेतृ ललिता दत्त, महिला अध्यक्ष नेपाल, बहन साध्वी देवादिति- पतंजलि योगपीठ, हरिद्वार लगायतका अथितिहरूले कार्य्रकममा सम्बोधित गर्नु भएको थियो । कार्य्रकममा अथिति उत्तम क्षेत्रीले नेपाली भाषालाई भारतीय संबिधानमा कसरी मान्यता  दिन सफल भएको थियो, त्यसबारेमा बिचारहरू राख्नु भएको थियो । हाम्रो स्वाभिमान ट्रस्ट भारतले नेपाली भाषामा राष्ट्रीय कविता वाचन प्रतियोगिता कार्य्रकममा तीन ग्रुप बनाएको थियो ।

कविता वाचन प्रतियोगिता विभिन्न उमेर समूहमा विभाजन गरि गरिएको थियो । जस मध्ये 10 वर्षसम्मको समूहमा दिल्लीकी अनुष्का भण्डारी प्रथम भएकी छिन भने नोएडाकी गौरवी कार्की द्वितिय भएकी छिन र सोही समूहमा असमका अविनाश भण्डारी तृतिय भएका छन ।  त्यसैगरि 11 वर्षदेखि 15 वर्ष उमेर समूहमा असमका ध्रुवराज भट्टराई प्रथम, असमकै शाश्वत उपाध्याय द्वितिय र सिलिगुडीका आर्यन खवास तृतिय भएका छन । र 16 वर्षदेखि 20 वर्ष उमेर समूहमा दार्जीलिङका पार्थक दियाली प्रथम, दार्जीलिङकै प्रतिमा भुजेल द्वितिय र सिलिगुडीकै लमस गुरुङ तेस्रो भएका छन । यस कार्यक्रममा नेपाली साहित्यिक जगतका श्रष्टा लगायतका नेपाली भाषीहरु जोडिएका थिए ।

हाम्रो  स्वाभिमान ट्रस्टद्वारा आयोजित राष्ट्रीय कविता वाचन प्रतियोगिताका निर्णायक मण्डलमा बरिष्ठ समाजसेवी उत्तम क्षेत्री, हाम्रो स्वाभिमान ट्रस्टका संयोजक योगगुरु शिवलाल ज्ञवाली लगायतको टीम थियो । बिहान १० बजे देखी झन्डै ४ बजेसम्म निरन्तर चलेको भानु जयन्ती कार्य्रकमको सञ्चालन डाक्टर योगगुरु मोहन कार्कीले गर्नुभएको थियो ।

नेपाली भाषा, साहित्य, संस्कृतिको क्षेत्र नेपाली वसोवास गर्दै आएका ठाउँ भारतमा- दार्जिलिङ, कालिम्पोङ, मेघालय, शिलोङ, असम, कोलकाता, मणिपुर, नागाल्याण्ड, मुम्बई , देहरादून, बनारस आदि हुन्। विदेशमा- वर्मा, मलेसिया, सिङ्गापुर, अष्ट्रेलिया, इङल्याण्ड,    अमेरिका  भारत  आदि देशमा विशेष उत्सवका साथ भानुजयन्ती मनाउने प्रचलन छ । नेपाली भाषा नेपालको राष्ट्रभाषा हो र भारतको सरकारी मान्यता प्राप्त भाषा हो । यी देशहरू बाहेक भूटान, बर्मा वा नेपाल बाहिरका लाखौंको संख्यामा रहेका नेपालीहरूको मातृभाषा हो । नेपाली भाषा भारतीय प्रान्त सिक्किम र पश्चिम बङ्गालको पनि राज्यभाषा (अधिकारिक भाषा) पनि हो।

नेपाली भाषा संस्कृतबाट विकसित भएको एक भाषा हो र नेपाली साहित्यको प्राचीन इतिहासको पत्ता लगाउनु धेरै मुश्किल छ किन भने धेरै विद्वानहरूले संस्कृतमा लेखेका छन । मानव मानवबीच भावना वा विचार सम्वेदना गर्ने माध्यम भाषा हो। भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरूको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन। प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि लिपिहरूको सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन। कुनै एउटा भाषालाई कयौँ लिपिहरूमा लेख्न सकिन्छ, र दुई वा त्यो भन्दा बढी भाषाहरूलाई एउटै लिपिमा लेख्न सकिन्छ। उदाहरणार्थ पञ्जाबी, गुरूमुखी तथा शाहमुखी दुबै भाषाहरूमा लेखिन्छन् जबकि नेपाली, मराठी, संस्कृत, हिन्दी आदी सबै देवनागरीमा लेखिन्छ।  देवनागरी एउटा लिपि हो। यो लिपि विशेष गरेर दक्षिण एसियामा प्रयोग हुन्छ । यो लिपि देब्रे देखि दायाँतर्फ लेखिन्छ । यो लिपि संस्कृत, नेपाली, नेवारी, हिन्दी, मराठी, भोजपुरी, मैथिली, पाली, रोमानी आदि भाषाहरू लेख्नमा प्रयोग भएको पाइन्छ ।

बहुभाषाभाषी मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक छ । भानुभक्तका योगदानको स्मरण सँगै  सम्मान गर्ने परम्परा अगाडि बढाउदा मात्र अन्य भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान गर्ने परम्परा विकसित हुदै जानेछ ।नेपाली भाषालाई सशक्त राष्ट्र भाषाका रूपमा दरो पार्ने काम भानुभक्तले गरे । ‘ ‘नेपाली भाषालाई निक्खार र भावमय रूप दिने यिनै पहिला कवि हुन् । ‘ ‘आधुनिक भाषा तथा साहित्यका एउटा महान् जातीय कवि भानुभक्त हुन् । विविध वर्गका मानिसलाई मिलाउने एकताको मूलभाषा तथा संस्कृति प्रदान गरेर भानुभक्तले नेपाली मात्रको अनुपम सेवा गरे । ‘ ‘पण्डितहरूका विरोधमा जनपक्ष लिने भानुभक्त युगअनुसारका प्रगतिशील थिए । ‘ यस्तै यस्ता असङ्ख्य उद्गारहरू, अभिव्यक्तिहरू, श्रद्धाञ्जलि र सद्भावनाहरू व्यक्त भएका छन् भानुभक्तप्रति नेपालीभाषामा काव्यात्मक गति प्रदान गर्नु अत्यन्त कठिन कर्म हो । यसर्थ राष्ट्रले दिएको ‘आदिकवि’को उपाधि पनि अपुग हुनजान्छ परन्तु देशव्यापी रूपमा भानुजयन्ती मनाउने राष्ट्रिय परम्पराले भने केही श्रद्धा प्रकट गरेको देखाउँछ । यसकारण बहुआयामिक व्यक्तित्वका धनी भानुभक्तलाई हामी सम्पूर्ण नेपाली र नेपालीभाषीले आदर र सम्मानका साथ स्मरण गर्नुपर्ने देखिन्छ ।

                                                                                                                         आरबी खड्का

                                                                                                                         युवा समाजसेवी

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...