HomeFeatureसंसदीय समितिद्वारा पुर्ननिर्माण भइरहेका सम्पदाहरुको स्थलगत अनुगमन

संसदीय समितिद्वारा पुर्ननिर्माण भइरहेका सम्पदाहरुको स्थलगत अनुगमन

काठमाण्डौ, 13 जुलाई

संसदको विकास तथा प्रविधि समितिले पुर्ननिर्माणको क्रममा रहेका पुरात्वात्तिक सम्पदाहरुको स्थलगत अनुगमन गरेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सहजिकरणमा समितिले धरहरा, काष्ठमण्डप, रानीपोखरी र सिंहदरबार पुर्ननिर्माणको अनुगमन गरेको हो । अहिले कोरोना संक्रमणको जोखिमकैबचि स्वास्थ्य सुरक्षाका उपाय अपनाएर निर्माण कार्य भइरहेको छ । समिति सभापति कल्याणी कुमारी खड्काले भूकम्प गएको लामो समयसम्म काम हुन नसकेपनि पछिल्लो २ वर्षयता निर्माणको कामले गति लिएको बताउनुभयो । स्थानीय स्तरमा उत्पन्न विभिन्न विवादका कारण सुरुमा निर्माण कार्य ढिलो भएपनि पछिल्लो २ वर्षयता निर्माणे गति लिएको उहाँले बताउनुभयो ।

पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीको काम आगामी २ महिनाभित्र पुरा हुने बताउनुभयो । धरहरा र काष्ठमण्डपको काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ भइरहेको उहाँले बताउनुभयो ।

भूकम्पले क्षतिग्रस्त सम्पदाहरुको पुर्ननिर्माणका काम पछिल्लो समय तिव्र गतिमा भइरहेको छ । प्राधिकरणले कोरोना संक्रमणको जोखिमकाबीच विभिन्न स्वास्थ्य मापदण्ड बनाएर निर्माणका कामलाई तिव्रता दिइएको बताएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि केही समय पुर्ननिर्माणको काम रोकिएको थियो । सुरुमा स्थानीय स्तरमा कसरी बनाउने, पहिलो कस्तो थियो अहिले कस्तो बनाउने भन्ने विवादका कारण लामो समय निर्माण सुरु हुन सकेको थिएन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...