HomeFeatureप्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति नेकपा नेता भिम रावलको आपत्ति

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति नेकपा नेता भिम रावलको आपत्ति

काठमाण्डौं, 14 जुलाई 2020

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको राज्य अयोध्या नेपालमा भएको भन्ने अभिव्यक्ति दिएपछि उहाँको बयानको विरोध नेपाल र भारतमा दुवै देशमा भइरहेको छ । यसै सन्दर्भमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले पनि देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकारमा कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो यो भन्दै प्रश्न गर्नुभएको छ ।

आज सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै नेता रावलले यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको र कालापानी क्षेत्रबाट भारतीय फौज हटनुपर्ने विषयमा कुरा गर्नुपर्ने भए पनि राम र अयोध्याबारे बहस झिकेर विषयान्तर किन गरिएको भन्दै प्रश्न गर्नुभयो ।

रावलले भन्नुभयो, ‘सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नु पर्ने विषय उठाई भारतसँग कुरा गर्नु पर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ?’ भन्दै उनले ‘विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?’

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएपछि अहिले उनको अभिव्यक्तिको सबैतिरबाट आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...