गुजरात, 14 जुलाई 2020
गुजरात राज्यको राजकोटमा एक नेपाली मजदूरको करेण्ट लागेर मृत्यु भएको छ । अछाम जिल्लाको रामारोशन गाउँपालिका वार्ड नं 7 सुतार माझगाँउका स्थायी बासिन्दा मन भण्डारीका छोरा अन्दाजी १६ वर्षका तपेन्द्र भण्डारीको होटलमा काम गर्ने बेला करेन्ट लागेर मृत्यु भएको हो । जानकारीका अनुसार केही नेपालीहरुका साथमा उनि काम गर्ने होटलमा करेण्ट लाग्दा उनको मृत्यु भएको हो ।

उनि 8 महिना अघि नेपालबाट राजकोट आएका थिए । उनि राजकोटको मद्रास क्याफे होटलमा काम गर्ने गरेका थिए । उनको अन्त्येष्टी गरिएको छ । घटनापछि राजकोटमा सक्रीय सामाजिक संगठन श्री नेपाली सेवा समाजले उनको खोज खबर गरि होटल सञ्चालकबाट डेढ लाख क्षतिपूर्ति र 4 महिनाको तलब दिलाउन सफल भएको छ । सो घटनाप्रति श्री नेपाली सेवा समाजले दुःख व्यक्त गरेको छ ।









































