पंजाब, 14 जुलाई 2020
प्रवासी नेपाली संघ भारत नगर समिति जालन्धरले जागिरबाट अवकास प्राप्त गरि नेपाल फर्किन लाग्नुभएका संगठनका कार्यकर्ता एंव समाजसेवी अनन्तराम रेग्मीलाई विदाई गरेको छ । रुपन्देहीको कञ्चन गाँउपालिका वडा नम्बर 6 गर्गरे स्थायी घर भएका अनन्तराम रेग्मी जालन्धरमा पंजाब राज्यको बिजुली बोर्डमा सेवारत रहेर अवकास पाउनुभएको हो ।



रेग्मीले समाजसेवामा पुऱ्याउनु भएको योगदान र संगठनमा दिएको योगदानको सम्मान गर्दै प्रवासी नेपाली संघ, भारत पंजाब हिमाचल चण्डीगढ संयुक्त राज्य समितिका कार्यकर्ता बसन्तराज घर्ती, शंकर प्रसाद गैरे, सावित्रा ज्ञवाली, शान्ता पोख्रेल, कृष्ण मल्ल, नृप सिंह कार्की, जीबी राना, याम थापा, राम नरेश चौधरी, कल्पना पौडेल, कमला कुँवर, तुल्सा ढकाल, पदम सिंह, घनश्याम बस्याल, हिरामणी बिसी, सुमित्रा ज्ञवाली, आरबी गुरुङ, झविलाल खण्डलु, घनश्याम शर्मा र केशव सुवेदीले रेग्मी र उहाँकी धर्म पत्नी सावित्रा रेग्मीको उज्जवल भविष्यको कामना गर्नुभयो ।









































