HomeFeatureनेकपा स्थायी समिति बैठक 13 गतेसम्मका लागि स्थगित, बाढी, पहिरोमा ध्यान दिन...

नेकपा स्थायी समिति बैठक 13 गतेसम्मका लागि स्थगित, बाढी, पहिरोमा ध्यान दिन सरकारको ध्यानाकर्षण

काठमाण्डौ, 21 जुलाई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले बाढी, पहिरोबाट प्रभावितहरुको राहत र उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार केही समय बसेर १३ गतेसम्मका लागि स्थगित भएको बैठकले मनसुन सुरु भएयता जनजीवन नराम्ररी प्रभावित भएको र राजमार्गहरु समेत अवरुद्ध भएको तर्फ सरकारको ध्यानाकर्षण राएको हो । मनसुन सुरुभएयता प्राकृतिक विपतिका कारण २ सय ३३ जनाको मृत्यु भएको, ९८९ जना बेपत्ता र ९९ जना जना घाइते भएको अवस्थामा उद्धार र राहतको काम प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण भएको नारायणकाजी श्रेष्ठले बताउनुभयो । घाइतेहरुको निः शूल्क र भरपर्दो उपचारको व्यवस्था मिलाउन, घरबार विहिन भएकालाई अस्थायी आवासको प्रवन्ध गर्न र अभिभावक गुमाएका बालबालिकाको संरक्षण गर्न पनि स्थायी समितिले सरकारको ध्यानाकर्षण गराएको छ । बाढी र पहिरोका कारण क्षति पुगेका सडक र पुलहरुको पुर्ननिर्माण गर्न विशेष प्रवन्ध मिलाउन पनि सरकारको ध्यानाकर्षण गराईएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

विहान ११ बजे बस्ने भनिएको आजको बैठक १ बजेपछि मात्रै सुरु भएको थियो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुहुन्थ्यो । प्रवक्ता श्रेष्ठले कामको चापका कारण प्रधानमन्त्री बैठकमा सहभागि नभएको बताउनुभयो । आजको बैठकमा अरु कुनै विषयमा पनि छलफल नभएको उहाँले बताउनुभएको छ । पार्टी भित्रको विवाद समाधानका लागि छलफल जारी रहेको उहाँले बताउनुभयो । ओलीले प्रधामन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने आवाज पार्टीभित्रै बाट आइरहेको सन्दर्भमा उहाँले बैठकमा उठेका विषयहरुमाथि छलफल गरी निष्कर्षमा पुगिने बताउनुभयो । शनिबार सचिवालय बैठक पश्चात पार्टी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपतिलाई भेट्न गएको प्रशंगमा उहाँले भन्नुभयो, ‘‘झुक्याएर कोहीले लैजाँदैन । कोही जाँदैन । उहाँ झुक्याएर लैजाने खालको अध्यक्ष पनि होइन । राष्ट्रपतिलाई भेट्न उहाँ (प्रचण्ड) सितल निवास जानुभएको हो ।’’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...