HomeFeatureपत्नी हत्यामा जन्मकैद काटिरहेका सशस्त्रका पूर्व डिआजी रञ्जन कोइराला थुना मुक्त

पत्नी हत्यामा जन्मकैद काटिरहेका सशस्त्रका पूर्व डिआजी रञ्जन कोइराला थुना मुक्त

काठमाडौं,23 जुलाई 2020

पत्नी हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्व डिआजी रञ्जन कोइराला थुना मुक्त भएका छन। पत्नी हत्याको अभियोगमा जन्मकैदको सँजाय काटिरहेका कोइरालाको मुद्धामा सर्वोच्च अदालतले गत असार १५ गते ८ बर्ष ६ महिना मात्रै थुना बसे पुग्ने भन्दै थुनामुक्तको आदेश दिएपछि उनी बिहिबार बिहान थुना मुक्त भएका हुन। उनलाई जिल्ला र पुनरावेदन अदालतले जन्म कैद अर्थात २० बर्षको कैद सँजाय को फैसला गरेको थियो। तर प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरा र न्यायधीश तेज बहादुर केसीको इजलासले उनी साढे ८ बर्ष जेल बसे पुग्ने फैसला गरेको हो । फैसलामा कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाईएको उल्लेख छ । सर्वोच्चले कोइरालालाई कर्तव्य गरेको भन्दै पुनरावेदन अदालत पाटन कै सँजाय सदर गरेको छ । सर्वोच्चको फैसलामा भनिएको छ “निजको मृत्यु पश्चात नाबालक छोराहरुको हेरचाह, संरक्षण एवं शिक्षादीक्षा लगायतका कार्यहरु अभिभावक विहीनताको कारणले अनिश्चय र अन्यौलता हुन गई उनीहरुको हितमा समेत दूरगामी प्रभाव पर्न जाने कारणले उपरोक्त सजाय गर्दा चर्को पर्न जाने लागेको हुँदा पुनरावेदक प्रतिवादीलाई साबिक मुलुकी ऐन को महल १८८ तथा हामलको प्रचलित फौजदारी कसुर एैन, २०७४ को दफा १७ क बमोजिम ८ बर्ष ६ महिना कैद  सजाय गर्ना पनि सजायको मक्सद पुरा हुने देखिएकाले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ बर्ष ६ महिना कैद हुने ठहर्छ । ” २०६८ पुस २७ गते रञ्जनले पत्नी गीताको हत्या गरी मकवानपुरको टिस्टुङ जंगलमा लगेर जलाएका थिए । माघ ७ गते उनी फेरी शबको अवस्था बुझ्न टिस्टुङ पुगेपछि उनको अपराध पत्ता लागेको थियो। उनलाई ०६८ साल माघ ८ गते रञ्जनलाई नारायणगढबाट काठमाण्डौ आउदै गर्दा थानकोटबाट प्रहरीले नियन्त्रणमा लिएर मद्धा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...