HomeFeatureनेजस चंडीगढ़ले पनि वृक्षारोपण गर्दै मनायो बीपी कोइरालाको 38 औं स्मृति दिवस

नेजस चंडीगढ़ले पनि वृक्षारोपण गर्दै मनायो बीपी कोइरालाको 38 औं स्मृति दिवस

नयाँ दिल्ली, 23 जुलाई 2020

नेपाली जनसम्पर्क समिति भारतले हिजो भारतभरि प्रजातन्त्र एंव समाजवादी नेता बीपी कोइरालाको 38 औं स्मृति दिवस मनाएको छ । यसै सन्दर्भमा पश्चिमोत्तर क्षेत्र भारत अन्तर्गत शाखा चंडीगढ़ले पनि सामाजिक दुरी कायम गर्दै बीपी बिचार गोष्ठीको आयोजना गरेको छ । शाखा अध्यक्ष सनी शर्माको अध्यक्षतामा गरिएको कार्यक्रममा ढाका राम पौडेल मुख्य अतिथि रहनु भएको थियो । सचिव रेशम रानाको संचालनमा भएको कार्यक्रममा मुख्य अतिथि पौडेलले बीपीको बारेमा चर्चा गर्दै उहाँले सँधै आफुभन्दा पार्टी, पार्टीभन्दा देश र जनतालाई सर्वोपरि राख्ने संस्कारको सृजना तथा विकास गर्नु भएको भन्दै आज पनि मुलुकका निम्ति बीपीको बिचार उत्तीकै सान्दर्भीक रहेको बताउनुबभयो । समारोहमा सनी शर्माको नेतृत्वमा शाखा समितिले गरेका उल्लेखनिय कार्यहरुको उच्च सम्मान गरिएको थियो । समारोहमा बीपीको स्मृतिमा वृक्षारोपण गरिनुका साथै असहाय बाल-बालिकाहरुलाई कापी, कलम समेत वितरण गरिएको थियो ।

यस समारोहमा क्षेत्रीय सदस्य जीवराज खड्का, शाखा सदस्य बुद्धिनाथ ढकाल, गमर सिंह, धन बहादुर, खड़क बहादुर क्षेत्री, आर. के. अधिकारी,  ढाला राम, केशव ढकाल, ईमान सिंह महिला समितिकी अध्यक्ष देवी पौडेल, उपाध्यक्ष लक्ष्मी शर्मा, सचिव सृजना डांगीले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...