HomeFeatureभारतको बेङ्गलोरमा कोरोनाले थप एक नेपालीको मृत्यु, बझाङका एक नेपालीको गयो ज्यान

भारतको बेङ्गलोरमा कोरोनाले थप एक नेपालीको मृत्यु, बझाङका एक नेपालीको गयो ज्यान

बेङ्गलोर, 27 जुलाई 2020

भारतमा फेरि एक नेपाली नागरिकको कोरोना महामारीका कारण ज्यान गएको छ । कर्नाटका राज्यको बेङ्गलोरमा लामो समयदेखि बस्दै आउनुभएका कृष्ण बहादुर रोकाया (rocky) को सोमबार उपचारकै क्रममा निधन भएको हो । करिब 54 वर्षका रोकाया सुदुरपश्चिम् प्रदेशको बझाङ जिल्ला अन्तर्गत दुर्गाथली गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन ।

रोकायालाई गत 18 जुलाईका दिन कोरोना परीक्षण गरेपछि 20 तारिकमा रिपोर्ट पोजेटिभ आएको थियो र सोही दिन उनलाई बेङ्गलोरको एक अस्पतालमा भर्ना गरिएको थियो । रोकायाको दुवै मृगौलामा समस्या भएका कारण उनको हप्ताको 2 पटक डाइलासिस पनि हुँदै आएको थियो । बेङ्गलोरका एक विद्यार्थी नेताका अनुसार करिब एक हप्ताअघि कोरोना संक्रमित रोकायाले स्वास्थ्य अवस्थामा सुधार महसुस गरिरहेको बताएका थिए । भोली उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने सम्भावना रहेको थियो । तर सोमबार मध्यान्ह उनको अस्पतालमा निधन भएको हो । हिजो राति भएको कुराकानीमा उनले सबै कुरा ठीक भएपनि श्वासमा समस्या भएको बताएका थिए ।

जानकारीका अनुसार रोकाया बेङ्गलोरमा फार्मा कम्पनीमा मार्केटिङ म्यानेजरका रुपमा काम गर्दै आएका थिए । मृगौला विरामी उनले हप्ताको 2 दिन डाइलासिस गराउँदै आएपनि उनले सबै काम गर्दै आएका थिए । उनको निधनसँगै बेङ्गलोरमा अहिलेसम्म सम्पर्कमा आएका मध्ये 2 जनाको कोरोनाका कारण मृत्यु भएको छ भने 4 जना संक्रमित भएकोछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...