HomeFeatureदेउवाका कारण काँग्रेसको स्वास्थ्य ठिक छैनः प्रकाशमान सिंह

देउवाका कारण काँग्रेसको स्वास्थ्य ठिक छैनः प्रकाशमान सिंह

काठमाण्डौ, 29 जुलाई 2020

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको टिप्पणी गर्नुभएको छ । तेह्रौं महाधिवेसनबाट पार्टीको नेतृत्व सम्हाल्नुभएका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य विग्रेको नेता सिंहले बताउनुभएको हो । बुधबार न्यूज एजेन्सी नेपालका सम्बाददातासँगको कुराकानीमा पार्टीको विधान र नियमावलीले निर्देशित गरे अनुरुप काम नगर्दा पार्टी अप्ठेरो अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो ‘१३औं महाधिवेशनबाट जुन नेतृत्व निर्वाचित हनुभयो, निर्वाचित पदाधिकारीले निर्वाचित भइसकेपछि आउने जिम्मेवारी र नेपाली कांग्रेसको विधान र नियमावलीले निर्देशित गरेको काम, कर्तव्य र अधिकार विशेष गरेर पार्टी सभापतिले विधानले गाइड गरे अनुसार गर्नुपर्ने काम कर्तव्य र अधिकारमा उहाँ चुकेको देखिएको छ । पार्टी सभापति जिम्मा लिएको व्यक्तिले काम गर्न नसकेको कारणले गर्दाखेरी अहिले पार्टीको स्वास्थ्य ठिक नभएको देखा परेको छ ।’

नेता सिंहले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएपनि पजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको बताउनुभयो । उहाँले पार्टी प्राजातान्त्रिक मूल्य मान्यता अनुसार चल्न नसकेको स्वीकार गर्नुभयो । महाधिवेसनको विधि र प्रक्रिया जिल्ला र स्थानीय तहमा सुरु भइसक्दा अनुशासनको कारबाही अगाडि बढाउन नहुने उहाँले बताउनुभयो । पार्टीको विधान अनुसार अनुशासनमा नरहने व्यक्तिलाई कारबाही गर्ने कुरा ठिक भएपनि पार्टी सभापतिले समयको ख्याल गर्न नसकेकोे बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रजातान्त्रिक पार्टीको सभापति भइकन पार्टीको मूल्य मान्यता विपरित जुन जवरजस्ती गरिराख्नु भएको छ यो अप्राजातान्त्रिक गति हो । यो ठिक भएन भन्ने कुरा हामीले भनिरहेका छौं । विभाग गठन गर्नेदेखि लिएर आउने महाधिवेसनका लागि प्रभावित गर्नेदेखि लिएर पद बाँडने जस्तो काम भयो । अर्कोतिर फेरी प्रक्रिया अगाडि बढेपछि यो अनुशासनको कारबाही गरेर के देखाउनुभएको छ भने म सँग बस्नेहरुलाई पद पनि दिन्छु तर जसले मलाई च्यालेन्ज गर्छ त्यसलाई मैले कारबाही गर्छु भन्ने जुन क्यारेट एण्ड स्ट्रिक भनेर भन्छ नी यो दण्ड दिने र मोह पनि देखाउने गरी आउने महाधिवेसनलाई प्रभावित गर्ने गतिविधि एउटा प्रजातान्त्रिक पार्टी भित्र हुनै नपर्ने गतिविधि उहाँले देखाउनुभएको छ । यो विलकुलै अप्राजातान्त्रिक छ यो ठिक छैन भन्ने कुरा हामी भनिरहेका छौं ।’

उहाँले पार्टी भित्रका पुराना नेताहरुलाई कारबाही गर्ने अन्यलाई प्रवेश गराउने खेलमा सभापति लाग्नुभएको बताउनुभयो । पार्टी प्रवेश गराउने र कारबाही गर्ने काम समय अनुसार ठिक नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘ठिक छ अरु पार्टीबाट प्रवेश गराउने राम्रै कुरा हो तर अहिले समय कस्तो भयो भन्दाखेरी अब टेस्टेड पुराना नेताहरुलाई कारबाही गरेर पार्टीबाट निकाल्ने र अरुहरुलाई प्रवेश गराउने । प्रवेश त गराउनुपर्छ ठिक छ तर यो जुन समय हो ठिक भएन ।’

नेतृत्वले राम्रोसँग काम गर्न नसक्दा निर्वाचनमा पराजित हुनुपरेकाले एकपटक फेल भएको नेतृत्वलाई फेरी अवसर दिन नहुने नेता सिंहले बताउनुभयो । उहाँले भन्नुभयो ‘नेतृत्वले समयको माग बमोजिम सबल नेतृत्व दिन नसकेको कारणले कांग्रेस सेटब्याक निर्वाचनमा भएको छ । अव यसलाई ओभरकम गर्नलाई हामीले के गर्नुपऱ्यो भन्दाखेरी १४ औं महाधिवेसनमा फेल भइसकेको नेतालाई फेरी दोहोऱ्याउनु हुँदैन ।’

२०४६ साल यताका सबै नेतृत्वहरु शक्ति र सत्ताको खेलामा लागेकाले पार्टी कमजोर बनेको नेता सिंहले बताउनुभयो । कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्दा पनि शक्ति र सत्ताको खेलमा नेताहरु लाग्दा कांग्रेस दुराअवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो ‘विचारधारा राम्रो, स्ट्रगल राम्रो, डेलिभर गर्ने पनि हाम्रो राम्रो छ । तर पार्टीमा के भयो भन्दाखेरी २०४६ साल सम्म त पार्टी प्रतिवन्धित थियो । २०४६ सालमा जनआन्दोलन सर्वोच्च कमाण्डर गणेशमान सिंहको नेतृत्वमा बहुदलिय व्यवस्था पुनरबहाली भयो । प्रतिवन्धित बाट खुलामा आइसकेपछि नेपाली कांग्रेसको मैले देखेको डिफेक्ट के हो भन्दाखेरी जुन खुलापनमा पार्टीलाई अगाडि बढाउनको लागि कार्यकर्ताहरुलाई कसरी परिचालन गर्ने, कार्यकर्ताको जिम्मेवारी के हो जनतामा कसरी जाने भन्नेकुरामा ध्यान जानु भन्दा पनि बढी मूल्य र मान्यताको राजनीतिबाट पावर पोलिटिक्समा सत्ताको राजनीतिमा गएको कारणले गर्दाखेरी अहिले नेपाली कांगे्रस दुराअवस्थामा पुगेको छ ।’

नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वको सरकारको औचित्य नरहेको बताउनुभयो । उहाँले राजनीतिक र वैधानिक रुपमा औचित्य समाप्त भइसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...