HomeFeatureसन्दीप लामिछाने सिपिएल खेल्न बिहीबार बिहान वेस्ट इन्डिज प्रस्थान गर्दै

सन्दीप लामिछाने सिपिएल खेल्न बिहीबार बिहान वेस्ट इन्डिज प्रस्थान गर्दै

काठमाडौं, 29 जुलाई 2020

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेगर स्पिनर सन्दीप लामिछाने क्यारेवियन क्रिकेट लिग (सिपिएल) खेल्न बिहीबार बिहान वेस्ट इन्डिज प्रस्थान गर्ने भएका छन। प्रस्थान अघि बुधबार गरिएको पत्रकार सम्मेलनमार्फत लेग स्पिनर लामिछानेको यात्रा निश्चित भएको जानकारी दिइएको छ । अगष्ट १८ देखि ट्रिनिदाद एण्ड टोबागोमा सुरु हुने सीपीएल ट्वान्टी– २० खेल्नका त्यसतर्फ प्रस्थान गर्ने भएका हुन। खेलमा फर्किन पाउँदा खुसी लागेको सन्दीपले प्रक्रिया दिए । तेस्रो पटक सिपिएलमा सहभागि हुन लागेका सन्दिप जमाइकाबाट यसपटक खेल्ने छन। यसअघि सन्दिपले सिपिएलको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बेडोस ट्राइडेन्ट्सबाट खेलिसकेका छन। जमाइकाले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। बुधबारकै पत्रकार सम्मेलनमा लामिछानेले त्रिवि क्रिकेट मैदानमा काम गर्दै आएका कर्मचारीहरुलाई एक लाख आर्थिक सहयोग गर्ने बताएका छन। १५ जना कर्मचारी कोरोना भाईरसले प्रभावित गरेको भन्दै सन्दीपले त्रिवि मैदानका कर्मचारीलाई एक लाख सहयोग गर्ने घोषणा गरेका हुन। यस वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ। ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ। सन्दीपका व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दीप बिहीबार १० बजे कोरियन एअरलाइन्सको चार्टर्ड फ्लाइटमा अमेरिका हुँदै वेष्ट इन्डिज जाने छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...